माछापुच्छ्रे बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता, इजीबाट पठाएको रकम माछापुच्छ्रले दिने

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016

काठमाडौं  । रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं' भन्ने मूल नाराका साथ देशमा  रेमिट्यान्स भित्राउँदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life
 
उक्त सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल र माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन्।यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम माछापुच्छ्रेका देशभरि रहेका ५६ शाखाबाट भुक्तानी लिन सकिने भएको छ। विदेशबाट पठाएको पैसालाई छिटोछरितो तरिकाले सेवाग्राहीसम्म पुर्‍याउन यो सम्झौताले थप सहज बनाउने जानकारी कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले बताए।
 
इजी लिंकले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने,  आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पारेको छ।यो सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंकमार्फत पठाएको रकम अब यसका २२ सयभन्दा बढी एजेन्ट, सबएजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिए।