राष्ट्रिय बाणिज्य बैंक भयो स्मार्ट, बार्षिक १५० रुपैयाँ तिर्दा घरमै सेवा पाइने, ऋण तिर्न सजिलो

बिजमाण्डू
२०७३ भदौ ५ गते ००:०० | Aug 21, 2016
राष्ट्रिय बाणिज्य बैंक भयो स्मार्ट, बार्षिक १५० रुपैयाँ तिर्दा घरमै सेवा पाइने, ऋण तिर्न सजिलो


काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आरबिबी स्मार्ट सेवा सुरु गरेको छ । आफ्ना दुई लाख ग्राहकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ सेवालाई विस्तार गर्दै बैंकले अब सन्सारको जुनसुकै कुनामा बसेर पनि राष्ट्रिय वाणिज्य बैंकको सेवा लिन सकिेने भएको छ ।
 
यो सेवा मोवाइल एसएमएस र इन्टरनेट दुबैवाट चलाउन सकिन्छ । अब घरै सबेर आफ्नो खाताको कारोबार, मौज्दात हेर्न सकिन्छ ।
 
दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको सावाँ ब्याज भुक्तानी पनि गर्न सकिन्छ । बैंकले यसबाट चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी र गुनासाहरु पनि राख्न पाउँछन् । यो सेवा बै‌कका १६८ वटै शाखाबाट पाउन सकिन्छ । यो चलाए वापत वार्षिक १५० रुपैयाँ तिर्नु पर्छ ।

Tata
GBIME
Nepal Life