अनलाइनबाट जागिर खोज्ने सोचमा हुनुहुन्छ ? अावेदन दिँदा डिजाइन र फर्म्याटमा ध्यान दिनुस्

बिजमाण्डू
२०७३ भदौ ६ गते ००:०० | Aug 22, 2016
अनलाइनबाट जागिर खोज्ने सोचमा हुनुहुन्छ ? अावेदन दिँदा डिजाइन र फर्म्याटमा ध्यान दिनुस्
काठमाडौं। आजभोली अनलाइनबाट जागिर खोज्ने र आवेदन दिने काम सामान्य विषय भइसकेको छ। तर पनि अनलाइनका बारेमा केहि भ्रमहरु यस्ता छन्। तपाईले अनलाइन मार्फत कुनै जागिरको लागि आवेदन दिएपछि कम्पनीले आवश्यकता अनुसार कामदारहरु चयन गर्छ।


 
चयन सूचिमा पर्नका लागि कम्पनीले कस्तो मानिस कामदारमा लिन चाहेको छ र के के खुबी आवश्यक छ बुझ्नु जरुरी हुन्छ। त्यसैले कुनैपनि कम्पनीमा आवेदन दिंदा आफुबाट कम्पनीलाई के फाइदा छ खुलाउनुपर्छ। कम्पनीहरुले तपाईले आफ्नो अनुभवले कम्पनीका लागि के गर्नसक्नुहुन्छ जान्न चाहेका हुन्छन्। 
 
 
कतिपयको जागिरका लागि आफ्नो विवरण एक-डेढ भन्दा बढी हुनुनहुने मत छ। तर यो कुरा सहि भने होइन। पहिले मानिसहरु प्रिन्ट गरेर बुझाउदाको परिप्रेक्ष्यमा यो कुरा सहि थियो होला। 
 
 
अहिले तपाई अनलाइनमा स्क्रल गरेर कम्प्युटरमा सबै जानकारी लिन सक्नुहुन्छ। तपाईले ठुलो पोष्टकोलागि दरखास्त दिँदै हुनुहुन्छ भने दुई/तीन पेज विवरण पनि कम हुनसक्छ।


 
कुनै पनि अनलाइनमा जानकारी पठाउँदै हुनुहुन्छ भने अरुभन्दा राम्रो डिजाइन तथा फर्म्याटमा पठाउनुभयो भने हर्नेलाई पनि मज्जा आउछ। पहिलो नजरमा नै दोस्रोको तुलनामा फरक देखाउन सक्नुभयो भने राम्रोसँग पढ्ने सम्भावना रहन्छ।
 
आजकल अनलाइनमा सिभि बनाउने यती धेरै विकल्पहरु छन्। यस सम्बन्धी थुप्रै मोबाइल एपहरु पनि छन्। आफ्नो सिभिलाई पिडिएफ फर्म्याटमा पठाउनु भयो भने माइक्रोसफ्टको भन्दा फरक र आकर्षक देखिन्छ।  पिडिएफ फर्म्याटमा सामान्य सिभिलाई पनि राम्रो बनाउन सकिन्छ।
इकोनोमिक टाइम्सवाट

Tata
GBIME
Nepal Life