मुगु, हुम्ला र डोल्पामा माइक्रोवेभ रेडियो लिंकको विस्तार, चाँडै थ्रिजी र वाइम्याक्स चल्ने

बिजमाण्डू
२०७३ भदौ ६ गते ००:०० | Aug 22, 2016
मुगु, हुम्ला र डोल्पामा माइक्रोवेभ रेडियो लिंकको विस्तार, चाँडै थ्रिजी र वाइम्याक्स चल्ने


काठमाडौं। नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएको छ। त्यस अघि कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइदै आएको थियो।

Tata
GBIME
Nepal Life


उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएस को लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजी, इभिडियो इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने टेलिकमले जनाएको छ।

 
अबको केहि समयपछि थ्रिजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न योजना रहेको जनाएको छ । टेलिकमले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराएको जनाएको छ। यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएको थियो।
 

टेलिकमले यसअधि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पुर्याईरहेकोमा भौगोलिक विकटता समेतका कारण कर्णालीका तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकांक्षी योजना रहेको जनाएको छ।

ती जिल्लाहरुमा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशेढुंगाको रुपमा लिएको कम्पनीले जनाएको छ।

 
टेलिकमले भौगोलिक दृष्टिले निकै कठिन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरेको जनाएको छ। कम्पनीले आगामी दिनमा सम्भब भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।