इन्जिनियरिङ्ग विद्यार्थीलाई प्रभुको कर्जा, प्रमाणपत्रको धितोमा तीन लाख ऋण,चार वर्षमा भुक्तानी

बिजमाण्डू
२०७३ भदौ ६ गते ००:०० | Aug 22, 2016
इन्जिनियरिङ्ग विद्यार्थीलाई प्रभुको कर्जा, प्रमाणपत्रको धितोमा तीन लाख ऋण,चार वर्षमा भुक्तानी
काठमाडौं । काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ। कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरे।
बैंक र कलेजवीच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा ईञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउनेछन्।
 
यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ।  शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तान गर्न सक्नेछन्।
 
उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो। 
 

Tata
GBIME
Nepal Life