सेञ्चुरी बैंक पुँजी बृद्धि योजना: दुई वटा विकल्पमा हिँड्दै बैंक, प्राथमिकतामा रणनीतिक साझेदार

बिजमाण्डू
२०७३ भदौ ७ गते ००:०० | Aug 23, 2016
सेञ्चुरी बैंक पुँजी बृद्धि योजना: दुई वटा विकल्पमा हिँड्दै बैंक, प्राथमिकतामा रणनीतिक साझेदार


राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था गरेपछि केही बैंकहरु अहिले निकै सकसमा छन् । अधिकांस बैंकहरुले पुँजी पुर्‍याउन आफ्नै स्रोत परिचालन गरेपनि केही बैंकहरुलाई भने के गर्ने भन्ने द्वीविधा अझै छ । आफ्नै स्रोतबाट पुँजी बढाउन नसक्ने आधा दर्जन बैंकहरु छन् । ती बैंकहरु कसरी अगाडि वढ्दै छन् ? भन्ने पाठकहरुको जिज्ञासालाई केही हदसम्म संवोधन गर्ने प्रयास अनुसार यसपाली 'सेञ्चुरी कमर्सियल बैंक' को योजना पाठकहरुसमक्ष पस्केका छौं ।

 
 
काठमाडौं‌ । सेञ्चुरी कमर्सियल बैंकले अबको १० महिनामा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने दुई वटा विकल्पमा काम गरिरहेको छ ।
 
हकप्रदका कारण अब सेञ्चुरी बैंकको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्छ ।
अर्को चार अर्ब रुपैयाँ रणानीतिक साझेदार भित्राएर वा अर्को मर्जरसँगै हकप्रद सेयर जारी गरेर पुरा गर्छौं ।
पहिलो, बैंकले रणनीतिक साझेदार ल्याउनका लागि गम्भिर छलफल गरिरहेको छ । साझेदार भित्रिए बैंकको चुक्ता पुँजी एकै पटक नौं अर्ब हाराहारी पुग्छ ।
 
दोस्रो, रणनीतिक साझेदार ल्याउन प्रयास असफल भए हकप्रद र मर्जरबाट पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउने । यो बिकल्पमा पनि बैंकले विकास बैंकहरुसँग कुराकानी गरिरहेको छ ।
 
गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी दुई अर्ब ८४ करोड रुपैयाँ छ ।  बैंकले गएको ५ गतेबाट हकप्रद सेयर निस्कासन पनि गरेको छ । ८५ करोडको हकप्रद सेयर वाँडफाँडपछि बैंकको चुक्ता पुँजी चार अर्ब हाराहारी पुग्ने छ ।
 
यहीबीचमा बैंकले २९ करोड रुपैयाँ चुक्ता पुँजी भएको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्रति कित्ता ७५ रुपैयाँका दरले खरीद गर्दैछ । इन्नोभेटिभले वोनस सेयर पनि दिँदैछ । 

Tata
GBIME
Nepal Life

'अर्को चार अर्ब रुपैयाँ रणानीतिक साझेदार भित्राएर वा अर्को मर्जरसँगै हकप्रद सेयर जारी गरेर पुरा गर्छौं ' प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बिजमाण्डूसँग भने ।
 
उनले आफ्नो अस्तित्व मेटिने गरी मर्जरमा नजाने जानकारी दिँदै भने- बरु ८० करोड/एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएका संस्थाहरुलाई गाभ्छौं । उनले नाफाबाट केही वोनस सेयर दिएर पनि पुँजी बृद्धि गर्दै रणनीतिक साझेदार नआए हकप्रदको तयारी थाल्ने बताए ।
 
बैंकले रणनीतिक साझेदार नआए छिट्टै अर्को ५० प्रतिशत हकप्रद सेयर जारि गर्नु पर्ने उनले जानकारी दिए । '५० प्रतिशत दिएपछि पुँजी ६ अर्ब रुपैयाँ पुग्छ' उनले भने, 'वोनस सेयरबाट पनि केही पुँजी बढ्छ । अपुग पुँजि अर्को मर्जबाट पुरा गर्छौं ।'