महानगर यातायात शुभारम्भ हुँदा हार्इहार्इ, चलेको केही महिनामै भाडा बढी लिएर कारवाही

बिजमाण्डू
२०७३ भदौ ७ गते ००:०० | Aug 23, 2016

काठमाडौं । महानगर यातायात शुभारम्भ हुँदा धेरै हार्इ हार्इ थियो । सार्वजनिक यातायातमा फ्रि वार्इफार्इ, तोकिएको भाडा र सहचालकको राम्रो व्यवहार । शुभारम्भ हुँदा वाहीवाही पाएको यही महानगरले यात्रु ठगेको आरोपमा मंगलबार पाँच हजार जरिवानामा परेको छ ।

काठमाडौंको तिनकुने र गौशालामा गरेको अनुगमनमामहानगर यातायातका ना ४ ख ११० र ना ४ ख ११९ नम्वरको गाडीलाई बढी भाडा उठाएको पाइएपछि ५/५ हजार जरिवाना गरिएको छ । आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत लोकबहादुर कार्की नेतृत्वको टोलीले गरेको अनुगमनमा महानगर यातायातले नै बदमासी गरेको पाईएको हो ।
 
 विभागका अनुसार २६ सवारी साधनमा गरिएको अनुगमनमा २५ सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेकोले ५ हजार सम्म जरिवाना गरेर लाईसेन्स र बिल बुक नियन्त्रणमा लिईएको छ ।

Tata
GBIME
Nepal Life

अधिकांश सवारी साधनले १३ रुपैयाँ भाडा लिनुपर्नेमा १५ रुपैयाँ लिएका र १७ रुपैयाँ भाडा लिनुपर्नेमा २० रुपैयाँ भाडा लिएकोले कारवाही गरिएको हो । अनुगमनमा ट्राफिक प्रहरी र उपभोक्ता अधिकारकर्मीको समेत सहभागिता रहेको थियो ।