दुई भाई खर्बपति बन्दा…, खर्बको डिल कसरी हुन्छ?

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
दुई भाई खर्बपति बन्दा…, खर्बको डिल कसरी हुन्छ?

नयाँदिल्ली। भाग्य चम्केपछि के हुन्छ ?  त्यसको उदाहरण बनेका छन् भारत मुम्बईका दुई दाजुभाई दिव्यंका र भविन तुराखिया। उनीहरु सोमवारबाट भारतीय रुपैयाँमा अरवपति नेपाली रुपैयाँमा भन्ने हो भने खरबपति बनेका छन्।

Tata
GBIME
Nepal Life

सन् २०१४ मा एउटा कम्पनी १६ करोड डलर(१७ अर्व रुपैयाँमा) बेचेका यी दुई भाईले त्यसपछि स्थापना गरेको अर्को एउटा कम्पनी सोमवार ९० करोड डलर(९६ अर्व रुपैयाँ) मा विक्रि गरेका छन्। उनीहरुले पहिलो कम्पनी अमेरिकी स्टक एक्सचेञ्ज नस्दाकमा सूचीकृत कम्पनीलाई बेचेका थिए भने दोस्रो कम्पनी चिनियाँ लगानीकर्ताको समूहले खरिद गरेको छ।

दुई भाईले मुम्बईमा सुरु गरेको टेक्नोलोजी भेञ्चर मेडियानेटले यो क्षेत्रमा भारतमै पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्य हो। दिव्यंका र भविनले सुरु गरेको यो कम्पनीले विज्ञापनदाता तथा प्रकाशन गर्ने कम्पनीका लागि विज्ञापन निर्माण, लक्षित समूह निर्धारण र विज्ञापन क्याम्पेनको मूल्यांकन गर्छ। यसले याहु र विंगको सञ्जाल प्रयोग गरेर विज्ञापन प्रकाशन गर्ने कम्पनीलाई जोड्ने गरेको छ।

यो डिलले सन् २०१० मा गुगलले ७५ करोड डलर खर्च गरेर किनेको एडमोव र ट्वीटरले ३५ करोड डलर खर्च गरेर किनेको मोपबलाई पनि छायाँमा पारेको छ।


विश्वमा टेक उद्योगमार्फत विज्ञापन गर्ने कम्पनीले स्थायित्वका लागि संघर्ष गरिरहेको बेला भएको यो सम्झौता आश्चर्यजनक भएको इकोनोमिक टाइम्सले लेखेको छ। बैंगलोरमा आधारित यस्तै कम्पनी मोबी अहिले संकटमा समेत छ।

खरिदकर्ता कम्पनी बेइजिङको मिटिनो कम्युनिकेशन टेक्नोलोजीका अध्यक्ष जियोङ झाङ तथा अन्य संस्थागत लगानीकर्ताले तुराखिया बन्धुलाई दुई किस्तामा रकम भुक्तानी गर्नेछन्।

उनीहरुले तुराखिया बन्धुलाई पहिलो चरणमा ४२ करोड ६० लाख डलर भुक्तानी गरिसकेका छन् भने सम्झौताअनुसार बाँकी ४७ करोड ४० लाख डलर भुक्तानी गर्नेछन्। मेडियानेट किन्ने कम्पनी बेइजिङ मिटेनो सेन्जेनको स्टक एक्सचेञ्जमा सूचिकृत मेडिया र टेलिकम कम्पनी हो।

मेडिया नेटलाई बेइजिङ मिटेनोले पूर्ण रुपमा एक्वायर गरेपछि त्यसैको भगिनी कम्पनीका रहनेछ। दिव्यंका तुरखियाका अनुसार मेडियानेट खरिदकर्ताको समूहले चिनियाँ नियामक निकायमा आवश्यक प्रक्रियाका लागि आवेदन गरिसकेको छ, यो पूरै खरिद प्रक्रिया यो वर्षको अन्तिमसम्म पूरा हुनेछ।

व्लुमवर्गकाअनुसार गत डिसेम्वरदेखि सेन्जेन स्टक एक्सचेञ्जमा मिटेनोको सेयर कारोवार भने रोकिएको छ।
चीन असिमित सम्भावना भएको विश्वकै दोस्रो ठूलो प्रविधि प्रयोग हुने विज्ञापन बजार हो। हामीले उनीहरुसँगको साझेदारीमा त्यहाँ प्रवेश गर्ने अवसर पाएका छौं र एउटा भव्य टिम तयार गरेका छौं,  ३४ वर्षका दिव्यंकले भने। एड टेकमा हाम्रो विशेषज्ञता तथा स्थानीय बजारमा उनीहरुको पहुँचलाई प्रयोग गर्नसाथ यसको महत्व अझ बढ्ने उनले बताए।

मेडिया नेटमा ९० प्रतिशत आम्दानी अमेरिकाबाट आउने गरेको छ भने पाँच प्रतिशत आम्दानी बेलायत र क्यानडाबाट प्राप्त हुन गरेको छ। दिव्यंकाले आफ्नो उद्यमशिलता प्रयोग भएको उक्त कम्पनी तत्काल नछाड्ने बताउँदै त्यसको बोर्डमा रहेर विदेशको अपरेशन हेर्ने बताए। यो व्यापार सञ्चालनका लागि हामीले धेरै स्वतन्त्रता प्राप्त गरेका छौं, त्यसैले यो कम्पनी छाड्ने मेरो कुनै योजना छैन्, उनले भने।

कुनै पनि संस्थागत लगानीकर्ताबाट वित्तीय स्रोत नजुटाएका यी दुई दाजुभाई यो डिलसँगै डलर अर्वपतिको क्लवमा प्रवेश गरेका छन्। भारतमा यस्तो क्लवमा फिल्पकार्टका संस्थापक सचिन बंशल र विन्नी बंशलले प्राप्त गरेका छन्।

फोर्व्सकाअनुसार फिल्पकार्टका कार्यकारी अध्यक्ष सचिन वंशलसँग एक अर्व २४ करोड डलरको नेटवर्थ छ। विन्निसँग पनि त्यही हारहारीमा सम्पत्ती छ। तर बंशल बन्धुसँगको यो नेटवर्थ तुराखिया बन्धुले जस्तै कम्पनी बेचेर वा त्यसबाट बाहिरिएर आएको भने होइन्। उनीहरुको कम्पनीको मूल्यांकनको आधारमा यो सम्पत्ती सिर्जना गरेका हुन्।

व्यापारिक दिमाग भएका ह्याकरका रुपमा व्याख्या गरिएका तुराखिया बन्धुले दुई वटा कम्पनी एक अर्व डलरभन्दा बढीमा विक्रि गरेका हुन्। उनीहरु भारतमा युवा उद्यमशिलता भएका व्याक्ति हुन्,  तुरखिया बन्धुलाई स्न २००१ देखि चिन्ने आईस्प्रिट फाउण्डेशनका फेलो अभिनाश राघवले भने।


भाविन व्यापारमा दक्षता राख्छन् भने दिव्यंका मेडिया नेट जस्ता नयाँ व्यापार खोज्नमा केन्द्रित हुने गरेका छन्। तुरखिया बन्धुले किशोर अवस्थामै वेव होस्टिङको व्यापार सुरु गरेका थिए। त्यसका लागि उनीहरुले आफ्ना पितासँग २५ हजार भारु ऋण लिएका थिए।

उनीहरुले सुरुवाती व्यापारमै नास्कम, सिएमआईइ र पिपल ग्रुप जस्ता ग्राहक बनाए। डिरेक्टिजको वेवमा आधारित व्यापार नस्डाकमा सूचीकृत कम्पनी इन्डुरेन्स समूहले सन् २०१४ मा १४ करोड डलरमा खरिद गरेको थियो।

मेडिया नेटबाट प्राप्त हुने रकम तुरखिया बन्धुले उनीहरुको लगानी भएको कम्पनी ग्लोबल इन्भेष्टमेन्ट फण्डमार्फत विभिन्न परियोजनामा लगानी गर्नेछन्। हालका लागि भारतमा लगानी गर्ने उनीहरुसँग कुनै खास योजना भने छैन्।

तस्वीरमा हेर्नुहोस यसरी भयो डिल

जहाँ डिल भयो

डिलपछि यसरी भयो टोष्ट