हाथवेका अम्बिकाप्रसाद पौडेल भन्छन्- १८०० लाई बजारको बुल भनियो, तर २५०० अंक सेयरको बुल हो

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
हाथवेका अम्बिकाप्रसाद पौडेल भन्छन्- १८०० लाई बजारको बुल भनियो, तर २५०० अंक सेयरको बुल हो


सेयर बजार आफ्नो गतिमा हिडिरहेका बेला यसको बृद्धिलाई लिएर वाहिरी र भित्री दुबै पक्षबाट आक्रमण भयो । बजारको उच्चतम अंक १८८१ हो भनेर भित्रैबाट हल्ला चलाइयो । यसले साना र नवप्रवेशी लगानीकर्ताहरुको मनोवल कमजोर पारिदियो ।
 

Tata
GBIME
Nepal Life
 

 
अम्बिकाप्रसाद पौडेल

प्रबन्ध निर्देशक
हाथवे इन्भेष्टमेन्ट

वाहिरी पक्षबाट कालोधनको कुरा ल्याएर आक्रमण गरियो । यसले ठूला लगानीकर्तालाई पनि छोयो । सेयर बजार घट्नु पर्ने ठोस कारण छैन । तर घटाउनलाई यि दुई प्रमुख कारणले भूमिका खेले ।
 
बजार धेरै घट्छ भन्ने मलाई लाग्दैन । अर्को लगानीको क्षेत्र देखिएको छैन । अहिले लगानीकर्ताहरु पैसा हातमा बोकेर बसेका छन्, सेयर बजारबाट बाहिरिएका छैनन् । लगानीकर्ताहरु अहिले वाहिरिने अवस्थामा पनि छैनन् । किनभने उनीहरुले अर्को लगानीको क्षेत्र पाइसकेका छैनन् ।
 
बजारमा अहिले वियरिस साइकोलोजी हावी भएको हो । वाहिरी पक्षले फेरि पनि आक्रमण गर्‍यो भने बजार अरु घट्छ । आफ्नै तालमा छाडिदिने हो भने बजार वढ्छ जस्तो लाग्छ । तर वाहिरी पक्षले आक्रमण गर्‍यो भने १५०० मा झर्न समय लाग्दैन ।
 
मलाई बजार अब रिवाउन्स हुन्छजस्तो लाग्छ । बैंकको ब्याज दर अझै तलै छ । बैंक र लगानीकर्ता दुबैसँग तरलता छ । लगानीकर्ताहरु ऋणको ट्रयापमा परिसकेका छैनन् । लगानीको अर्को क्षेत्र पनि छैन ।
 
बियरिस मनोविज्ञान भएका कारण लगानीकर्ताहरु ५/१० दिन रोकिएर बस्लान् । तर सँधै चुप लागेर पनि बस्न सकिँदैन । बजारमा प्रवेश गर्नै पर्छ । लगानीकर्तासँग तरलता भएका कारण उनीहरु ऋण लिएर सजिलै तिर्नसक्ने अवस्थामै छन् । यसपाली बजारमा आफ्नै बचतबाट लगानी गर्नेहरु धेरै आएका छन् । रेमिटेन्सको पैसा पनि आएको हो । अहिले मास पिपुल बजारमा धेरै छन् । ठूला वा सीमितले बजारलाई चलाउन सक्ने अवस्था छैन । केही दिन मनोविज्ञान कमजोर भएर बजार ओरालो लागेको हो । तर धेरै समय यो टिक्छ जस्तो लाग्दैन । बजार रिवाउन्स हुन्छ ।
 
अहिले बैंकमा बचतको ब्याज दर २ प्रतिशत छ । बैंक वित्तीय संस्थाको सेयरमा लगानी गर्दा कम्तिमा पनि पाँच प्रतिशतको प्रतिफल छ । यसले लगानीकर्तालाई आकर्षित गर्छ नै । अहिले लाभांस घोषणा हुने बेला पनि हो ।
 
बजारको आकार वढेपछि सुचक पनि वढ्छ । हामीले १८०० अंकलाई बुल भनेर प्रचार गर्‍यौं । तर यो सामान्य बृद्धि हो । २५०० अंक नपुगेसम्म बजारलाई बुल भन्न सकिँदैन । अब बजारको बृद्धि सामान्य रुपमा भइरहेको छ । यसलाई वाहिरी र भित्री दुबै पक्षले कृतिम ढङ्गले आक्रमण गरेर अवरुद्ध गर्ने काम गरे ।
 
वाहिरी पक्ष सन्तुलित भयो र कसैले हस्तक्षेप गरेनन् भने एक/डेढ साता बजार १६५० देखि १७०० अंकको बीचमा रहन्छ । यो अवधिमा एक अर्बभन्दा वढिको कारोबार हुनु पर्छ । त्यसपछि बजारले बृद्धिको बाटो समात्छजस्तो लाग्छ ।