हिमालयन जनरल इन्स्योरेन्सको २२०% र सानिमा माइको शतप्रतिशत हकप्रद सेयर आउँदै

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
 काठमाडौँ। हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत र सानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएका छन्। दुबै कम्पनीले साधारणसभाबाट यसबारे औपचारिक निर्णय लिने तयारी गरेका छन्।

Tata
GBIME
Nepal Life

हिमालयनले आगामी सात असोजमा बिषेश साधारण सभा आयोजना गरि हकप्रद सेयर वितरणबारे औपचारिक निर्णय लिन लागेको हो।

हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर नेप्सेमा सुचिकृत छ। हकप्रद सेयर वितरण पश्चात कम्पनीको सेयर संख्या एक करोड दुई लाख कित्ता र चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ।

कम्पनीमा एक कित्ता सेयर हुने लगानीकर्ताले दुई दशमलव दुई कित्ताको दरले आवेदन दिन पाउनेछन्।

यस्तै सानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। कम्पनीले भदौ ३१ मा पाँचौ साधारणसभाबाट यसबारे औपचारिक निर्णय लिन लागेको हो।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ छ। हकप्रद सेयर दिए पछि त्यो दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ। साधारणसभाका लागि बुधबारबाट बुक क्लोज गरेको जानकारी समेत कम्पनीले नेप्सेलाई दिएको छ।

हकप्रद सेयर जारी गरेर आएको रकम २८ दशमलव एक मेगावाटको लिखु र ५४ मेगावाटको मिडिल तमोरमा लगानी गर्ने कम्पनीका प्रमूख कार्यकारी अधिकृत डा सुवर्णदास श्रेष्ठले बिजमाण्डूलाई जानकारी दिए।

कम्पनीले इलाममा २२ मेगावाटको माई जलविद्युत आयोजना र सात मेगावावटको माई क्यासकेट निर्माण सम्पन्न गरि उत्पादन समेत थालि सकेको छ।