सेयर बजार बाउन्स ब्याक, झन्डै ५० अंकको बृद्धि, निकैपछि कारोबार रकम पनि अर्ब नाघ्यो

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
काठमाडौं । बुधबार सेयर बजारले झन्डै झन्डै हाप सेञ्चुरी मात्र मारेन ६ कम्पनीको सेयर मूल्यमा त बढेर सर्किट ब्रेकर नै लाग्यो । अघिल्लो बुधबारबाट निरन्तर घट्ने थालेको बजार यो बुधबार बल्ल हरियो ट्रयाकमा छिर्‍यो ।
 
कारोबार रकम पनि एक अर्ब नाघेको छ । सुरुमा आक्रमक रुपमा वढेको बजारमा बिचमा केही सुस्तता आएको थियो । फेरि बजारले बाउन्स गरेर ४८.७६ अंकको बृद्धिसहित १७३० अंकमाथि आफूलाई पुर्‍याएको छ । दिनभरीमा १४२ कम्पनीको सेयर कारोबार भएको छ ।
 
सबै उपसुचकहरु हरियो भएका छन् । खासगरी बिमा र बैंकिङ समूहले बजारलाई माथि हुत्याएको हो । बिमा ५५६.६२ अंकले बढेको छ । बैंकिङ पनि ४० अंक हाराहारीले बढेको छ । होटलव साढे ८९, विकास बैंक ३८, जलविद्युत साढे ४७, फाइनान्स साढे १०, उत्पादनमूलक सात र अन्य नौं अंकले बढेको छ ।
 
सेयर बजारलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले उचालेको छ । बैंकको सेयर १० प्रतिशतले बढेर सर्किट ब्रेकर नै लगाउनु पर्‍यो । चार्टर्डसँगै युनाइटेड इन्स्योरेन्स, सुर्या लाइफ, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स  र लुम्बिनी इन्स्योरेन्सको सेयरमा बढेर सक्रिट लाग्यो ।
 
११ कम्पनीको सेय भाउ १० प्रतिशत हाराहारीले उक्लिएको छ । मूल्य वढ्नेमा अधिकांस बिमा कम्पनी छन् ।
 
कारोबार रकममा आएको बृद्धिसँगै निकै दिनपछि बुधबार एक कम्पनीको १० करोडमाथि किनबेच भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको १० करोड ५२ लाखको किनबेच भएको छ । एनबी बैंकको चार करोड ९४ लाख, सिद्धार्थ डेभलपमेन्ट चार करोड ७४ लाख र नेपाल इन्भेष्टमेन्ट बैंक चार करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ । बजारले छलाङ मार्दासमेत कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।

Tata
GBIME
Nepal Life