‘नाडा अटो शो’मा भारतीय राइडरहरु मोजो चढेर आउने, १२०० किलोमिटरको यात्रा पछि काठमाडौँमा

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
‘नाडा अटो शो’मा भारतीय राइडरहरु मोजो चढेर आउने, १२०० किलोमिटरको यात्रा पछि काठमाडौँमा


काठमाडौँ। नाडा अटो शो २०१६ मा महिन्द्राले ३०० सय सिसिको नयाँ मोटरसाइकल मोजो सार्वजनिक गर्ने भएको छ। कम्पनीले भारतबाटै मोजो चढेर आएका राइडरहरुको उपस्थितीमा बिषेश कार्यक्रममाझ उक्त मोटरसाइकल सार्वजनिक गर्न लागेको हो।

नाडा अटो शोमा यो पहिलो अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल 'लन्च' हुने कम्पनीको दावी छ। मोटरसाइकल चालकहरु सारथ शेनोय र डेनियल डेरिक भारतको पुनेबाट मोजो हाँकेर एक हजार दुई सय किलोमिटर यात्रा गर्दै काठमाडौँ आइपुग्नेछन्।

Tata
GBIME
Nepal Life

उनीहरुले सात भदौमा यात्रा सुरु गरि सकेका छन्। महिन्द्राका सिनियर भाइस प्रेसिडेन्ट पिएस अशोकले उनीहरुलाई बिदा गरेका हुन्।
अब इन्दौर, झाँसी, लखनउ, गोरखपुर, बीरगंज हुँदै आउँदो १२ गते काठमाडौँ आइपुग्ने तयारी छ।