डेलले नेपालमा सेभेन जेनेरेसनका ल्यापटप लन्च गर्यो, इन्फ्रारेड क्यामेरासहित १६ जिवी र्याम

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
डेलले नेपालमा सेभेन जेनेरेसनका ल्यापटप लन्च गर्यो, इन्फ्रारेड क्यामेरासहित १६ जिवी र्याम
काठमाडौं। डेलले नेपालमा दुई मोडेलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको हो।

अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको 'विन्डोज-१०' अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यी मोडेलका ल्यापटपहरु विशेष गरी नेपालका विद्यार्थीहरुलाई फोकस गरेर ल्याएको बताएको छ। त्यस्तै स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाएको छ।

डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए।

 
'इन्सपिरन १३ – ५०००'

१३ इन्चको यो ल्यापटपमा सेभेन जेनेरेसनको 'आई ७' इन्टेल प्रोसेसर रहेको छ भने  विन्डोजको लेटेस्ट भर्सन 'विन्डोज १० प्रो' रहेको छ। १६ जिवि डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ। ट्रु लाईफ एलइडी व्याकलाइट टच डिस्प्ले भएको यो ल्यापटपमा वाइड एङ्गल एचडी डिस्प्ले रहेको छ।

 
'इन्सपिरन १५ – ५०००'


 
इन्सपिरन सिरिजमा १५ इन्चको यो ल्यापटपमा पनि इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको 'आई ७' प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट 'विन्डोज टेन प्रो' अपरेटिङ सिस्टम रहेको छ। ८ र १६ जिबी डिडिआर ४ र्याममा उपलब्ध यो मोडेलको ल्यापटपमा अप्सनल रुपमा इन्फ्रारेड क्यामेरा रहेको छ। टच स्क्रिन भएको यो ल्यापटपमा पनि २ टिबी स्टोरेज क्षमता रेहेको छ भने इक्सटर्नल र इन्टरनल दुवै रुपमा 'व्लु रे' डिभिडी रिडर/राइटर राख्ने व्यवस्था रहेको छ।
 

अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।

अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन।