शंकर ग्रुपले ल्यायो राइनो फलामे छड, भूकम्प प्रतिरोधात्मक छडमा ग्यारेन्टी कार्ड पाउने

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
शंकर ग्रुपले ल्यायो राइनो फलामे छड, भूकम्प प्रतिरोधात्मक छडमा ग्यारेन्टी कार्ड पाउने


काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टेड डक्टिलिटी सहितको राइनो ५०० डी फलामे छड सार्वजनिक गरेको छ । उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादन भन्दा विशेष र पृथक रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ग्रेड एफई ५०० डीमा सल्फर र फोसफोरस मिश्रण अधिकतमम ०.०७५ प्रतिशत मात्र भएकोले  छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता गर्छ । उत्पादनको खरिदमा कम्पनीले उपभोक्तालाई राइनो ५००डी ग्यारेन्टी कार्ड दिने कम्पनीले जनाएको छ ।शंकर ग्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसर सिर्जना भएको बताए ।

भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्न नयाँ उत्पादन बजारमा ल्याएको बताए । ‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो’ उनले भने ।

जगदम्बा स्टिल्समा उत्पादनको उत्कृष्ट गुणस्तर तथा उत्पादनका लागि  अत्याधुनिक स्वचालित प्लान्टको ब्यवस्था रहेको छ । कम्पनीले  विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अपनाएको छ । कम्पनीका अनुसार कच्चा पदार्थको प्रयोग, उत्पादन प्रक्रियालार्इ नियन्त्रित रुपमा अघि बढाउँछ ।

तीन चरणको नियन्त्रित उत्पादन प्रक्रिया अपनाउने जगदम्बा नै नेपालको एक मात्र उद्योग भएको कम्पनीको दाबी छ । उत्कृष्ट गुणस्तरको फलामे छड उत्पादनका लागि कम्पनीले टाटा स्टिल, जिन्दाल स्टिल, आईआईएससीओ र एसएआईएल लगायत विश्व विख्यात स्टिल कम्पनीहरु मार्फत कच्चा पदार्थको आयात गर्दै आएको जनाएको छ । कम्पनीले नेपाल गुणस्तर चिन्हका साथै भारतीय गुणस्तरका मापदण्डभित्र रहेर डन्डी उत्पादन गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life

उपयोगिता
राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ ।

यो बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त छ ।
उपलब्धता
कम्पनीका अनुसार कम्पनीका खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् ।

कम्पनीले उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउने जनाएको छ । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा कम गर्न सबै फलामे छड निर्धारित १२ मिटर लम्बाई हुने कम्पनीले जनाएको छ ।