प्रभु बैंकको शाखा सिन्धुलीमा, मर्जरपछि दोहोरिएका शाखालार्इ स्थानान्तरण गर्दै बैंक

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016

काठमाडौं । प्रभु बैंकको सिन्धुलीमा नयाँ शाखा संचालनमा आएको छ । नयाँ शाखाको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले बुधवार उद्घाटन गरे ।

मर्जरका क्रममा एकै स्थानमा दोहोरिएका बैंकका शाखा कार्यालयमध्ये बनेपाको शाखा कार्यालय सिन्धुलीमा स्थानान्तरण गरिएको हो । बैंकले मर्जरका क्रममा दोहोरिएका शाखा कार्यालयलार्इ स्थानान्तरण गर्दै जाने योजना लिएको छ ।शाखा स्थानान्तरण गरेर नयाँ स्थानमा संचालनमा ल्याउँदा त्यो स्थानका ग्राहकले सरल र सहज रुपमा बैकिङ सुविधा पाएर लाभान्वित हुने बैंकको दाबी छ ।

Tata
GBIME
Nepal Life