यामाहा मोटर्स इन्डियाद्वारा चार बर्षमा १० लाख स्कुटर उत्पादन,आठ प्रतिशत मात्र विदेशमा निर्यात

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016

भारत। यामाहा मोटर इन्डियाले विगत चार बर्षमा आफ्नो उन्पादन प्लान्टवाट १० लाख थान स्कुटरको उत्पादन गरेको जनाएको छ। कम्पनीले भारतीय प्लान्टमा ४ बर्ष अघि पहिलो स्कुटर उत्पादन गरेको थियो । 

Tata
GBIME
Nepal Life

यामाहाले ग्रेटर नोएडाको सुरजपुर प्लान्टमा १० औं लाख स्कुटरको रुपमा अहिलेको नयाँ स्कुटर फेसिनोको उत्पादन गरेको जनाएको छ।
 
कम्पनीले यस बर्ष भारतीय बजारमा १० प्रतिशत बजार हिस्साका साथ अगाडि बढ्ने जनाएको छ। सन् १०१२ मा यामाहाले सिग्नस रे मोडलको स्कुटरका साथ भारतीय बजारमा आएको थियो।

१० लाख स्कुटरमध्ये करीव ८० हजार स्कुटर भारत बाहिर निर्यात भएको कम्पनीले बताएको छ । कम्पनीले मुख्य रुपमा नेपाल, मेक्सिको, श्रीलंका, कोस्टारिका, डोमिनिकन रिपब्लिक र इक्वेडोर जस्ता देशमा स्कुटर निर्यात गर्छ ।
 
सिग्नस रे विशेष रुपमा महिला वर्गको लागि उत्पादन गरिएको थियो । कम्पनीले हाल भारतमा सिग्नस रे, सिग्नस अल्फा, सिग्नस रे जेड आर र लेटेस्ट उत्पादन फेसिनो मोडलका स्कुटर उत्पादन गर्दे आएको छ।

नेपालमा यामाहाका उत्पादनहरु मोरङ अटो वर्कस (एमएडब्ल्यु) इन्टरप्राइजेजले विक्रिवितरण गर्दै आएको छ।

इकोनोमिक टाइम्सवाट