यी हुन् सं‌सारकै सबैभन्दा महंगा घर, के के छन् यस्ता महं‌गा घरमा सुविधा, को बस्छन् यी घरमा?

बिजमाण्डू
२०७३ भदौ ९ गते ००:०० | Aug 25, 2016
यी हुन् सं‌सारकै सबैभन्दा महंगा घर, के के छन् यस्ता महं‌गा घरमा सुविधा, को बस्छन् यी घरमा?

संसारकै महंगा घरहरुमा कस्ता सुविधा होलान्, भाउ कति होला, कसले प्रयोग गर्छ? यो सबैलाई चासो लाग्ने विषय हो । यहाँ यस्तै १० महंगा घरको सूची छ, जसमा भारत देखि अमेरिकासम्मका घरहरु परेका छन् । कुरियसमोभले तयार पारेको विश्वकै महंगा घरहरु:

Tata
GBIME
Nepal Life

१. अन्तिल्ला, मुम्वई इन्डिया


अन्तिल्लालाई विश्वको सवैभन्दा महंगो भिल्लाका रुपमा लिइन्छ। भारतका उद्योगपति मुकेश अम्वानिको यो घर २७ वटा स्टोरी हाउसहरु मिलेर ४० हजार स्कवायर फिटमा बनेको छ। ६ सयभन्दा धेरै कामदारले यो घरको हेरचाह गरिरहेका हुन्छन्। पेट्रोकेमिकल व्यापारमा निकै ठूलो लगानी गरेका अम्वानी विश्वका ३६औ धनी व्यक्ति हुन्। यो घरको मूल्य एक अर्ब डलर (एक खर्ब ६ अर्ब रुपैयाँ बराबर) रहेको छ।
 
२. भिल्ला लियोपोल्डा, फ्रान्स

यो भिल्ला सन् १९०२ मा बेल्जियमका राजा लियोपोल्डले बनाएका हुन्। हालसालै यो भिल्लालाई रसियाका विलिनियर व्यापरी प्रोक्होरोभले सातसय ५० मिलियन डलरमा किनेका छन्। यो भिल्लामा २७ वटा स्टोरी घरहरुमा १९ वटामात्र बेडरुम छन्। घरको हेरचाह गर्ने यहाँ ५० जना फुल टाइम कामदार छन्।
 
३. फ्रान्चुक भिल्ला, लण्डन

आवासीय घरका रुपमा प्रयोग हुनुभन्दा पहिले यो भिल्ला केटीहरुका लागि स्कुल जानभन्दा पहिले प्रिपेरेसन गर्ने ठाउँ थियो। यो भिल्ला २१ सय स्क्वायर फिटमा रहेको छ भने २० फिट अग्ला सिलिङ छन्। यसमा जिमखाना, साउना, मुभि थिएटरको सुविधा छन् र यसको मूल्य एकसय ६१ मिलियन डलर रहेको छ।
 
४. दि डार्कुलाज क्यास्टल, रोमानिया

यो भिल्ला डार्कुलाज क्यास्टलकै नाममा रहेको छ। यो भिल्लाको मूल्य एकसय ३५ मिलियन डलर रहेको छ। यसमा ५७ वटा कोठा छन् जसमा १७ वटा बेडरुम र यसमा एन्टिक्विट फर्निचरहरु राखिएका छन्। यो घर पहिले म्युजियमका लागि वेचिएको थियो तर अहिले व्यक्तिगत सम्पत्ती भएको छ।
 
५. दि पिनाकल इन मोन्टाना

एकसय ५५ मिलियन डलर मूल्य तोकिएको यो भिल्लामा एक्सक्लुसिभ विलिनियरहरुको प्राइभेट स्कि र गल्फ कम्युनिटीको यल्लोस्टोन क्लव रहेको छ। यसमा १० वटा बेडरुम छन् ।

६. फेयरफिल्ड पोण्ड, अमेरिका

अमेरिकाको ह्याम्पटोन्सको सवैभन्दा राम्रो प्लटमा रहेको यो भिल्ला अमेरिकन विजनेसम्यान इरा रेस्नेटले बनाएका हुन्। यसको मूल्य एकसय ७० मिलियन डलर छ। यदि तपाईँलाई गल्फ कार्ट चाहिएको छ भने यो कम्प्लेक्स घुम्दामात्र हुनेछ।
 
७. दि मानोर, लस एन्जल्स अमेरिका

यो भिल्लाको मूल्य एकसय ५० मिलियन डलर तोकिएको छ। यो घर एफवान चिफ बेर्नीकी छोरीका लागि ८५ मिलियन डलरमा किनिएको थियो। यो लस एन्जल्सकै सवैभन्दा ठूलो घर हो।  यसमा दुईवटा स्विमिङपुल, बैलिङ ऐली, टेनिस कोर्ट, बार्वर सप, व्युटि सैलुन र स्पा जस्ता सुविधा छन्। यसमा १८ औं शताब्दीमा निर्माण भएको  बगौंचा र एकसय वटा कार पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ।

८. फ्लिउर डि लिस, अमेरिका

यो भिल्ला एक समयमा मारियाच कोनोर र निक क्याननको थियो। फ्रेन्च कलाबाट प्रभावित यो भिल्लालाई पछि एकसय २५ मिलियन डलर मूल्यांकन गरियो। यो भिल्ला ४५ हजार स्क्वायर फिटमा निर्माण भएको छ। यसको भित्री सजावट मार्वल र सुनले गरिएको छ।
 
९. भिल्ला ला पाल्लाडिना, फ्रान्स

यो भिल्लामा धेरै टेरेस र वाल्कोनीहरु रहेका छन् जहाँवाट समुन्द्रको मनमोहक दृष्य हेर्न सकिन्छ। यसमा आउटडोर पुल, साउना, फिटनेस सेन्टर रहेका छन्। यसको मूल्य ७६ मिलियन डलर राखिएको छ।
 
१०. वाटरफोर्ट इस्टेट, इस्तानबुल, टर्की

यो भिल्ला इस्तानवुलको बोस्फोरोसमा अवस्थित छ। यो भिल्ला ३० हजार स्कव्वायर फिटमा रहेको छ। यसमा ६४ रुम छन् र यसको मूल्य एकसय मिलियन डलर तोकिएको छ। यसको ६४ वटै कोठावाट समुन्द्रको मनमोहक दृष्य हेर्न सकिन्छ।