सफल हुने ८ मन्त्र, ५०० अर्बपतिसँग अन्तर्वार्तापछि निकालियो निष्कर्ष- प्यासन र प्रेमले सफल

बिजमाण्डू
२०७३ भदौ ९ गते ००:०० | Aug 25, 2016
सफल हुने ८ मन्त्र, ५०० अर्बपतिसँग अन्तर्वार्तापछि निकालियो निष्कर्ष- प्यासन र प्रेमले सफल



काठमाडौं । सफलताको कुनै सर्टकर्ट हुन्छ भन्ने सोचाइमा हुनु हुन्छ भने, त्यो मात्र भ्रम हो । रिचर्ड स्टे जोनले सात बर्षका बीचमा ५०० जना अर्बपति व्यक्तिहरुसँग कुराकानी गरेपछि निष्कर्ष निकाले-  आठ वटा बिषयमा ध्यान दियो भने सफल हुन कुनै अप्ठेरो छैन ।
 
लागिपर्नु
सफलताको पहिलो शुत्र तपाईमा धृणता चाहिन्छ । असफल हुँदासमेत डटर लागिपर्नु पर्छ । अनि मात्र सफलताको बाटोमा अगाडि वढ्न सक्नु हुन्छ ।
 
आइडिया
सुन्नु, हेर्नु, उत्सुक हुनु, प्रश्न गर्नु र सम्पर्क बनाउनु । यति भएपछि तपाईले आइडिया जेनेरेट गर्नु हुन्छ । आइडिया भएपछि त काम गर्न के गाह्रो भयो र ?
 
सहायता गर्नु
यदि तपाई करोडपति वा अर्बपति बन्न चाहनु हुन्छ भने आफ्ना लागि मात्र काम गरेर हुँदैन । तपाईले अरुका लागि पनि काम गर्नु भयो भने धन जेनेरेट गर्न सक्नु हुन्छ ।
 
आफैलाई प्रेरित गर्नु
आफैलाई मानसिक, शारिरीक र भावनात्मक रुपमा प्रेरित गर्नुस् । यसले आत्मवल बलियो बनाउँछ । कहिले नसोच्नुस् कि- तपाई मात्रै राम्रो र विशिष्ट हो भनेर ।
 
फोकस
यताउता ध्यान नदिनुस् । आफ्नो लक्ष्यमा मात्र ध्यान दिनुस् । लक्ष्य निर्धारण गरेर त्यसैमा फोकस गर्नु भयो भने लक्ष्य पाउन समय लाग्दैन ।
 
आफूलाई परिष्कृत बनाउनुहोस्
जे गर्नु हुन्छ त्यो उत्तम गर्नुस् । सफल हुनु छ भने तपाई सम्पूर्ण रुपमा आफैमा डुब्नुस् र जे गरिरहनु भएको छ त्यसमा उत्तम गर्नुस् । यहाँ जादु भन्ने कुरा हुँदैन । तपाईले राम्रो र परिस्कृत गर्न निरन्तर प्र्याक्टिस गर्नु पर्छ ।
 
कामै मात्र गर्नुस्
तपाईले काम गरिरहनु पर्छ । तपाई बसेर वा अरुलाई अर्हाएर मात्र हुँदैन । सफलताका लागि तपाईले आफै लागेर काम गर्नु पर्छ । तपाईको भित्र त्यो कामका लागि प्यासन हुनु पर्छ । तपाई काम गर्ने भनेर मेसिन नबन्नुस् । कामलाई इन्ज्वोए पनि गर्नुस् ।
 
प्रेम
आफ्नो प्यासनलाई फलो गर्नुस् । मात्र पैसाको पछाडि नदौडनुस् । काम पैसाको लागि होइन मायाका लागि गर्नुस् । मायाका लागि काम गर्नु भयो भने पैसाले तपाईलाई पच्छ्याउन थाल्छ ।

Tata
GBIME
Nepal Life