कांग्रेसले टुङ्गो लगायो मन्त्रीहरुको नाम, देउवाका ६, पौडेलका ५ र सिटौला र खुमबहादुरका एक/एक

बिजमाण्डू
२०७३ भदौ ९ गते ००:०० | Aug 25, 2016
कांग्रेसले टुङ्गो लगायो मन्त्रीहरुको नाम, देउवाका ६, पौडेलका  ५ र सिटौला र खुमबहादुरका एक/एक


रमेश वाग्ले/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसले आफ्नो दलबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टुङ्गो लगाएको छ। 

यसअघि रामचन्द्र पौडेल पक्षधरले पाँच मन्त्रालय नपाए सरकारमा कसैलाई पनि आफ्नो पक्षबाट मन्त्री नपठाउने भन्दै विरोध गरेपछि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका थिए। सरकारमा कांग्रेसको नेतृत्व गर्दै गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डसित १५ मन्त्रालयमा सहमति गरेपछि कांग्रेसलाई मन्त्रीको भागवण्डा गर्न सहज भएको हो। 

यी हुन् कांग्रेसबाट बन्ने मन्त्रीहरु र उनीहरुले सम्हाल्ने सम्भावित मन्त्रालय


रामचन्द्र पौडेल पक्षधर

·        दीपक गिरी – सिंचाई,
·        रोमी गौचन थकाली – वाणिज्य तथा आपूर्ति,
·        सीतादेवी यादव – शान्ति तथा पुनर्निमाण,
·        हृदयराम थानी – सहकारी तथा गरिबी निवारण,
·        नविन्द्रराज जोशी – उद्योग


शेरबहादुर देउवा (संस्थापन) पक्ष

·        डा प्रकाशशरण महत – परराष्ट्र,
·        बालकृष्ण खाँड – रक्षा
·        सूर्यमान गुरुङ – श्रम तथा रोजगार,
·        अर्जुननरसिंह केसी – सहरी विकास,
·        केशवकुमार बुढाथोकी – सामान्य प्रशासन
·        जीवनबहादुर शाही – पर्यटन

कृष्ण सिटौला पक्ष

·        गगन थापा – स्वास्थ्य


खुमबहादुर खड्का पक्ष

·        शंकर भण्डारी – वन

मन्त्रीहरुको शपथ शुक्रबार हुने भएको छ।