काठमाडौं । बिजनेस प्रोफेसन वीमेन(बिपिडब्लु) सुनाकोठीले उद्दमशील महिलाले उत्पादन गरेका सामानको प्रदर्शनी तथा विक्री मेला आयोजना गरेको छ।
मेलामा बिपिडब्लुबाट सिपमुलक तालिम लिइ सफल उद्यमी बनेका महिलाले उत्पादन गरेका गलैँचा, उनीका सामान, कागजका सामान, काठका सामान, गहना लगाएतका ३३ स्टल तथा थकाली, थारु, नेवार, मगर लगायत विभिन्न जातजातिका खाना परिकारका १२ गरि कुल ४५ वटा स्टल रहेका छन्।
त्रिपुरेश्वर स्थित बैठक इभेन्ट्स भेन्यूमा शुक्रबार सुरु भएको मेला शनिबार सकिनेछ।
मेला उद्घाटनमा बिपिडब्लुकी केन्द्रिय अध्यक्ष अम्बिका श्रेष्ठ, महिला तथा बालबालिका मन्त्रालयकी सह सचिव राधिका अर्याल एवं पिबिडब्लुका फ्रान्स र ब्राजिल बाट आएका सदस्य पनि उपस्थित थिए।
बिपिडब्लुका देशभर १४ वटा शाखा छन्। संस्थाले सामाजिक, आर्थिक र शैक्षिक रुपले पछाडी परेका महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर स्वावलम्बी बनाउने काम गर्दै आएको छ। त्यस अन्तर्गत सिलाई कटाई, हस्तकला, चित्रकला, मःम बनाउने, खाना बनाउने लगाएत विभिन्न सिप मुलक तालिम दिने बिपिडब्लु सुनाकोठी शाखाकी अध्यक्ष प्रतिभा पुनले बताइन्।
कुनै ठाउँमा त्यसरी पिछडिएका महिलाहरु संगठित भई बिपिडब्लुमा सम्पर्क राखे उनिहरुलाई निशुल्क उद्दमशीलता तालिम दिने उनको भनाइ छ।