एमएसआईका चारवटा ल्यापटप बजारमा, फोर के एलइडी सहित पावर युजर र ग्राफिक्स गेमका लागि उत्कृष्ट

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
एमएसआईका चारवटा ल्यापटप बजारमा, फोर के एलइडी सहित पावर युजर र ग्राफिक्स गेमका लागि उत्कृष्ट
काठमाडौं। ताइवानको इलेक्ट्रोनिक्स कम्पनी एमएसआईले विश्वमा नै पहिलोपटक जिफोर्स 'जिटिएक्स १०' सिरिजको नोटबुक ल्यापटप बजारमा ल्याएको छ।
 

कम्पनीले इमएसआई 'जिएस६३भिआर', 'जिटि८३भिआर', 'जिएस७३भिआर', 'जिइ६२भिआर' राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो।
 
एमएसआईले 'जिएस६३भिआर' मोडेलको ल्यापटपमा जिफोर्स जिटिएक्स १०६० ग्राफिक्स र जिटि८३भिआर मोडेलको ल्यापटपमा जिटिएस १०८० एलएसआई भएको एनभिडियाको ग्राफिक्स प्रयोग गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

 
धेरै रेजुलेसन भएका गेमहरु, पावर युजर्स र नयाँ प्रोडक्टवाट केहि नयाँ पक्षको अपेक्षा गर्ने ग्राहकलाई लक्षित गर्दै यी मोडेलका ल्यापटप बजारमा ल्याएको जनाएको छ।

 
कम्पनीले यो ल्यापटपमा भर्चुअल रियालिट (भिआर) सहितको गेम र ग्राफिक्सको प्रयोग गर्न मिल्ने जनाएको छ। जसको माध्ययमवाट थ्रिडी अक्षरहरु पढ्न र छोएर वा अनुभव गरेर आफूलाई त्यहि लिन गर्न सकिने प्रविधि हो।
 
एमएसआई 'जिटि८३भिआर'
 
यो मोडेलको ल्यपटप एसएलआई प्लेटफर्मको सवैभन्दा उत्कृष्ट र भिआर रेडि रहेको कम्पनीले जनाएको छ। हालसम्म बजारमा आएका सवै किसिमका भिआर सिस्टमलाई सपोर्ट गर्ने यो ल्यापटपमा मेट्रिक्स डिस्पले टेक्नोलोजी रहेको र गेम सेटअपका लागि तीनवटा कि रहेको कम्पनीले जनाएको छ।
 
आइ सेभेन प्रोसेसर रहेको यो ल्यापटपमा अहिलेसम्मकै आठ जिवीको ग्राफिक्स र नयाँ भिआर सहित फोरके गेमिङको मजा लिन सकिने जनाइएको छ। यो विश्वको पहिलो गेमिङ 'आई ट्याकिङ' टेक्नोलोजी भएको ल्यापटप भएको जनाइएको छ।
 
जिटि७२भिआर
 
यो ल्यापटप गेमिङ सिरिजका लागि बनाइएको र यसमा 'कुलर बुस्ट ४' सपोर्ट गर्ने  जिटिएक्स १०७० एनभिडिया ग्राफिक्स रहेको छ।

यसमा १२० हर्ज स्ल्यास ५ एमएम फास्टेस्ट मोवाइल डिस्प्ले इम्वेडेड गरिनुका साथै सत प्रतिशत आरजिवी रेडि रहेको कम्पनीले जनाएको छ। यो पनि इन्टेलको सिक्स्थ जेनेरेसनको आइ सेभेन प्रोसेसर रहेको ल्यापटप हो।
 
फोर के आइपिएस डस्प्ले रहेको यो मोवाइलमा एक्सटर्नल साटा स्टोरेज पनि गर्न मिल्ने कम्पनीले जनाएको छ।