वित्तीय क्षेत्रले तान्यो सेयर बजार, कारोबार रकममा पनि सुधार, युनाइटेड र हिमालयन इन्स्योरेन्सले

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
काठमाडौं । साताको पहिलो दिन सेयर बजारले लगानीकर्तालाई उत्साहित बनाएको छ । बजार १७.६१ अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
 
बजार १७५८ अंकसम्म पुगेको थियो । पछि बृद्धिमा केही कमी आएर १७४८ अंकमा बन्द भएको छ । दिनभरीमा १४१ कम्पनीका एक अर्ब ३५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
 
बजारमा सबैभन्दा वढि लुम्बिनी इन्स्योरेन्सको १४ करोड, एनआइसी एसियाको ११ करोड र स्ट्यान्डर्ड चार्टर्डको १० करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन जनरल र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीले बढेको छ ।
 
बजार बढ्दासमेत सात  प्रतिशतले युनियन फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । देव विकास, कसमस डेभलपमेन्टलगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।
 
आइतबार होटल र जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । वित्तीय क्षेत्र चम्किएका कारण आइतबार बजारले दोहोरो अंकको छलाङ मारेको हो ।
 
बैंकिङ २३.७८, विकास बैंक १०.६८, फाइनान्स १५.३४, बिमा ५७.२६, उत्‍पादनमूलक ८ र अन्य दुई अंकले बढेको छ  । 

Tata
GBIME
Nepal Life