इन्टेक्सले ल्यायो थ्रिजी सपोर्ट गर्ने ‘अक्वा प्राइड’ स्मार्टफोन,डुअल फ्लास सिस्टम,मूल्य आठ हजार

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
इन्टेक्सले ल्यायो थ्रिजी सपोर्ट गर्ने ‘अक्वा प्राइड’ स्मार्टफोन,डुअल फ्लास सिस्टम,मूल्य आठ हजार
काठमाडौं। भारतीय स्मार्टफोन कम्पनी इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ।

Tata
GBIME
Nepal Life

 

लाईट सेन्सर भएको यो स्मार्टफोनमा पाँच मेगापिक्सलको रियर क्यामेरा रहेको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको  रोम रहेको छ भने यसमा डुअल फ्लास समेत रहेको छ।

थ्रिजी सेवा सपोर्ट गर्ने यो मोवाइलमा क्वार्डकोर १ दशमलव ३ गिगाहर्जको प्रोसेसर रहेको छ भने एन्ड्रोइडको लेटेस्ट मार्समल्लो ६.० भर्सनमा रहेको छ। यसमा ३२ जिबीसम्म मेमोरीकार्ड एक्सपान्ड गर्न मिल्ने जनाइएको छ।
 
२८०० एमएएच व्याट्री क्षमता भएको यो स्मार्टफोनमा व्याट्री धेरै समय टिक्ने जनाइएको छ। पाँच इन्चको डिस्प्ले रहेको यो स्मार्टफोनको १४१*७२ एमएम डाइमेन्सन रहेको छ। कम्पनीले यो स्मार्टफोनमा एक बर्षको वारेन्टि दिने जनाएको छ।
 
कम्पनीले नेपालभरी चारहजार पाँचसय भन्दा धेरै आधिकारिक विक्रेताहरुमार्फत नेपालमा मोवाइलको विक्रि वितरण गर्दै आएको जनाएको छ। कम्पनीले यो स्मार्टफोनको बजार मूल्य आठ हजार दुईसय रुपैयाँ तोकेको छ।