रेनल्ट गाडी नेपाली बजारमा आउँदै, रेनल्टका इन्ट्री लेभलदेखि र एसयुभी सेग्मेन्टसम्मका गाडी

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
रेनल्ट गाडी नेपाली बजारमा आउँदै, रेनल्टका इन्ट्री लेभलदेखि र एसयुभी सेग्मेन्टसम्मका गाडी

काठमाडौं। कार पारखीका लागि नेपालमा नयाँ ब्राण्ड थपिएको छ। युरोपेली ब्राण्ड रेनल्ट मोटर्सका गाडी नेपाली बजारमा भित्रिएका हुन्।व्यापारिक घराना विशाल ग्रुप र मुरारका ग्रुप अन्तर्गतको नेपालमा एडभान्स अटोमोवाइल्सले रेनल्टलाई नेपाल ल्याएको हुन्।

कम्पनीले रेनल्टका एसयुभी र ह्याचव्याक सेगमेन्टमा पेट्रोल र डिजेल इन्जिन रहेका विभिन्न मोडेलका गाडी ल्याएको छ।आगामी भदौ १४ देखि १९ गतेसम्म हुन लागेको नाडा अटो शोमा कम्पनीले यी गाडीको बिक्री सुरु हुनेछ।मेलामा रेनल्टले कम्प्याक्ट एसयुभी सेगमेन्टमा पेट्रोलतर्फ 'रेनल्ट डस्टर'का दुईवटा भेरियन्ट सार्वजनिक गर्ने छ। त्यस्तै रेनल्ट डस्टरमा नै डिजेल इन्जिन भएका चारवटा भेरियन्ट सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

कम्प्याक्ट ह्याचव्याक सेग्मेन्टमा चारवटा भेरियन्टका 'रेनल्ट क्विड' सार्वजनिक हुनेछन्। यी गाडीमा पेट्रोल इन्जिन रहेको छ। कम्पनीले छिटै सेडान सेगमेन्टका गाडी पनि ल्याउने जनाएको छ।कम्पनीले विक्रीपछिको सेवाको लागि राजधानीको कालोपुल र टेकुमा सर्भिस सेन्टर खोलेको छ।
 
के के छन् सुविधाहरु
रेनल्ट क्विड

इन्ट्रि लेभलको यो गाडी आठ सय सीसीको हो । तीनवटा सिलिन्डर रहेको यो  गाडीमा पाँचवटा स्पीड म्यानुअल गियर छ।  अगाडी डिक्स र पछाडी ड्रम ब्रेक रहेको यो गाडीमा र्याडियल ट्युवलेस टायर छ । पाँचजना वस्न मिल्ने यो गाडीमा २८ लिटरको फ्युल ट्यांक छ।
 
एक्टिरियर
यी गाडीमा बोल्ड स्ट्रक्चर्ड फ्रन्ट ग्रील, ब्लाक बम्पर्स, ह्विल आर्क क्लेडिङ, फ्रन्ट फग ल्याम्प, टाइन्टेड ग्याजलिङ, स्टिल ह्विल्स पेन्टेड सिल्भर लगायतका सुविधाहरु छन्।
इन्टेरियर
गाडीका मोडेलअनुसार मोनोटोन र डुअल टोन ड्यासवोर्ड, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एयरब्याग लगायत स्पोर्टी स्टेरिङ ह्विल सहित पाइनो व्ल्याक एसेन्ट  छ।

Tata
GBIME
Nepal Life

पूर्णरुपमा टच स्क्रिन भएको मल्टिमिडिया डिस्प्ले, युएसवी पोर्ट, फ्रन्ट स्पिकर दुईवटा,१२ भोल्टको पावर सकेट छ।
 
कम्फोर्ट
रेनल्टका गाडीहरुमा इलेक्ट्रिक पावर स्टेरिङ, फ्रन्ट पावर विण्डोज, हिटर, एयर कन्डिसन,अन बोर्ड ट्रिप कम्प्युटर, लोअर र  अपर ग्लोब बक्स, अटो अन अफ क्याबिन लाइटका साथै सेल्फ टाइमर र फेड आउटको व्यवस्था छ। गाडीमा गियर सिफ्ट इन्डिकेटर (जिएसआई)को पनि सुविधा छ।
 
सेफ्टि र सेक्यूरिटी
यी गाडीहरुमा रिमोट 'कि लेस' इन्ट्रि र सेन्ट्रल लकको व्यवस्था छ।  फग ल्याम्प, इन्जिन इमोबिलाईजर, ड्राइभर एयरब्याग, उच्च गुणस्तरको प्रोसेन्स फ्रन्ट सिट वेल्ट, स्पेयर चक्का, वार्निङ ट्रिएङ्गल रहेका छन्।
 
रेनल्ट डस्टर

१४ सय ६१ सिसी डिजेल र १५ सय ९८ सिसी पेट्रोल इन्जिन रहेको यो गाडीमा चारवटा डिजेल र एउटा पेट्रोल इन्जिन भेरियन्टमा छन् । यो भेरियन्टमा उपलब्ध भएका गाडीमा दुईवटा पाँच स्पीड म्यानुअल गियर र  तीनवटा मोडेलमा ६ स्पीड गियर छ।

यो भेरियन्टको आरएक्सजेड मोडेलमा फोर ह्विल ड्राइभ रहेको छ भने बाँकीमा भने टु ह्विल ड्राइभ छ।अगाडी डिक्स र पछाडी ड्रम ब्रेक रहेको यो गाडीमा र्याडियल ट्युवलेस टायर छ। पाँचजना वस्न मिल्ने यो गाडीमा पावर स्टेरिङ सहित १३ देखि २० लिटरको फ्युल ट्यांक  छ।

एक्सटेरियर
रेनल्ट डस्टरमा डुअल विङ फ्रन्ट ग्रिल, फ्रन्ट बम्पर, फेयर्ली फोग ल्याम्प, डुअर साइड सिल, स्टिल ह्विल सहित वाटरफल्स एलइडी टेल ल्याम्प छ।
इन्टेरियर
रेनल्ट डस्टरमा सफ्ट टच ड्यासवोर्ड र डुअर ट्रिम, फेब्रिक टाइप सिट, सेन्टर फासिया फिनिस र इन्साइड डुअर हैन्डल फिनिस रहेको छ।
 
कम्फोर्ट
 यो भेरियन्टका गाडीमा एयर कन्डिसन सहित हिटर, पावर स्टेरिङ, वावर विन्डोज, इन्टिग्रेटेड अडियो/ एफएम/ युएसवी, मल्टिमिडिया नेभिगेसन सिस्टम सहित ब्लुटुथ, फ्रन्ट ड्राइभर सिट आर्मेस्ट, हाइट एडजस्टमेन्ट सिट, रियर रिडिङ ल्याम्प, इलिम्युनेट ग्लोब बक्स, क्रुज कन्ट्रोल लगायत रहेका छन्।
सेफ्टि एण्ड सेक्युरिटी
एन्टी लक ब्रेकिङ सिस्टम (एविएस) , इलेक्ट्रोनिक्स ब्रेकफोर्स डिस्ट्रिव्युसन, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट र एयरब्याग  छ।रिभर्स पार्किङ क्यामेरा सहित गाइडलाईन, इन्जिन इमोबिलाइजर, रिमोट सेन्ट्रल लकिङ, अटो डुअर लकिङ सिस्टम, रियर डिफोगर, रियर विपर एण्ड वासर र ड्राइभ सिटबेल्ट रिमाइन्डर छ।