एनएमबि बैंकको एकै दिन तीन नयाँ शाखा, बैकको शाखा ७१ पुग्यो, सरल बैकिङ पहुँच पाउने गभर्नरको अपेक्षा

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
एनएमबि बैंकको एकै दिन तीन नयाँ शाखा, बैकको शाखा ७१ पुग्यो, सरल बैकिङ पहुँच पाउने गभर्नरको अपेक्षा

काठमाडौं । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक गरी एकै साथ तीन नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबार  गर्भनर डा. चिरन्जीवी नेपाल पाल्पा र भैरहवा शाखाको उद्घाटन गरे  ।

दमक शाखाको भने   बैंकका संचालक  नन्दकिशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षेत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा  उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा  बैंकका संचालक कमलेशकुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको उपस्थिती थियो ।

Tata
GBIME
Nepal Life

गभर्नर नेपालले  नयाँ शाखाले  सरल बैकिङ पँहुचमा समेत टेवा पुग्नेमा विश्वस्त रहेको बताए । नयाँ शाखासहित बैंकको शाखा ७१ पुगेको छ भने सात वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।