विश्वका धेरै करोडपति भूतपूर्व विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयहरु, अमेरिकाको वर्चश्व

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
विश्वका धेरै करोडपति भूतपूर्व  विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयहरु, अमेरिकाको वर्चश्व


काठमाडौं। हार्भर्ड विश्व विद्यालयले संसारका सवैभन्दा धेरै करोडपति उत्पादन गर्ने अध्ययनले देखाएको छ।अहिलेका अर्बपति मध्ये धेरैले यही विश्व विद्यालयमा अध्यन गरेका हुन् । विश्वप्रशिद्ध म्यागजिन फोर्ब्सले हालै गरेको एक अध्ययनमा यस्तो तथ्य देखिएको हो। 


माइक्रोसफ्टका संस्थापक विल गेट्सदेखि फेसवुकका संस्थापक मार्क जुकरवर्ग र अमेरिकी राष्ट्रपति वाराक ‌ओवामा पनि यो अध्ययनको र्याङ्किङमा रहेका छन्।

Tata
GBIME
Nepal Life

यसमा अमेरिकी विश्वविद्यालयहरुले बाँकी विश्वका विश्वविद्यालयलाई डोमिनेन्ट गरेका छन्। उनीहरुले पाँचमा चारवटा, दशमा नौ वटा, २० मा १७ वटा र ५० मा ३१ वटामा उत्कृष्ट करोडपति पूर्व विद्यार्थीहरु उत्पादन गर्ने गरेको पाइएको छ।

पहिलोमा हार्भर्डलाई पछ्याउँदै दोस्रोमा युनिभर्सिटी अफ पेन्सिभेनिया र तेस्रोमा स्टानफोर्ड विश्वविद्यालय परेका छन्। त्यस्तै अमेरिकाभन्दा वाहिरको अक्सफोर्ड विश्वविद्यालय चौथो नम्वरमा परेको छ भने पाँचौमा अमेरिकाकै क्यालिफोर्निया विश्वविद्यालय परेको छ।

धरै करोडपति पूर्व विद्यार्थी उत्पादन गर्नेहरुलाई उनीहरुको वेल्थ कन्सल्टेन्सी, वेल्थइन्साइट र तिनिहरुको डेटावेसका अधारमा अध्ययन गरिएको थियो।
 
यी हुन् उत्कृष्ठ अरवपति पुर्वविद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयहरु
 
१.  हार्भर्ड विश्वविद्यालय, अमेरिका
२. पेन्सिभेनिया विश्वविद्यालय, अमेरिका
३. स्टान्डफोर्ड विश्वविद्यालय, अमेरिका
४. अक्सफोर्ड विश्वविद्यालय, बेलायत
५. क्यालिफोर्निया विश्वविद्यालय, अमेरिका
६. टेक्सास विश्वविद्यालय, अमेरिका
७. कोर्नेल विश्वविद्यालय, अमेरिका
८. प्रिन्सटन विश्वविद्यालय, अमेरिका
९. याला विश्वविद्यालय, अमेरिका
१०. मेसिगन विश्वविद्यालय, अमेरिका
११. क्याम्ब्रिज विश्वविद्यालय, बेलायत
१२. युनिभर्सिटी कलेज, लण्डन, बेलायत
१३. क्यालिफोर्निया स्टेट युनिभर्सिटी, अमेरिका
१४. इकोल पोलिटेक्निक विश्वविद्यालय, फ्रान्स
१५. न्यूयोर्क विश्वविद्यालय, अमेरिका
१६. कोलम्विया विश्वविद्यालय, अमेरिका
१७. म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी, अमेरिका
१८. साउथ क्यालिफोर्निया विश्वविद्यालय, अमेरिका
१९. डर्टमाउथ कलेज, अमेरिका
२०. विस्कोन्सिन विश्वविद्यालय, अमेरिका

फोर्ब्सवाट साभार