सहरी इलाकामा सजिलै पाइन्छ सोलारमा अनुदान र सस्तो ब्याजको ऋण, उज्यालोमा बस्न यसो गर्नुस्

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । दैनिक १८ घण्टा सम्मको लोडसेडिङ्ले वाक्क नेपालीहरुलाई उज्यालोमा बस्ने सहज बिकल्प हो सोलार। ग्रामिण इलाकामा सोलार जडान गर्न अनुदान दिँदै आएको सरकारले सहरमा समेत उक्त सुविधा विस्तार गरेपछि सहरी उपभोक्तालाई अँध्यारोको विकल्प थप सजिलो भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले यो वर्ष सहरी क्षेत्रमा सोलार जडान गरे २० हजार रुपैयाँ अनुदान र ९० प्रतिशत सम्म सस्तो ब्याजको कर्जा दिने भएको हो। कर्जाको ब्याजदर दुई दशमवल २५ प्रतिशत मात्र छ।

सरकारले अनुदान र सस्तो ब्याजमा कर्जा दिने भने पनि लिने उपाय बारे उपभोक्तालाई प्रष्ट जानकारी पुगेको छैन। आखिर के गरेमा यो सुबिधा लिन सकिएला? वैकल्पिक उर्जा प्रबर्धन केन्द्र(एइपिसी)का सहरी सौर्य उर्जा कार्यक्रमका प्रमुख अविनास वरुण भन्छन्, 'मुलत सहरी सौर्य उर्जा कार्यक्रमको उद्दश्य लोडसेडिङ् घटाउनु हो। विद्युत आपुर्ति भएको बेला पनि सौर्य उर्जा प्रयोग गरी जलविद्युतको भार कम गर्ने उपभोक्तालाई २० हजार अनुदान र सामान्यतया ५०० वाट वा सो भन्दा बढी क्षमताका (२ लाख रुपैयाँभन्दा बढीको) सोलार जडान गर्न कर्जा सुविधा दिइएको हो। यो योजना विद्युत लाइन जडान गरेका उपभोक्ताका लागि मात्र हो।'

घरायसी प्रयोजनमा टिभि हेर्न, ल्यापटप चलाउन, मोवाईल चार्ज गर्न र बत्ति बाल्न कम्तिमा २०० वाट क्षमताको सोलार पर्याप्त हुने उनको भनाइ छ।

 
कर्जा लिन किन ५०० वाट
कर्जा सुविधा पहिले १०० वाटको सोलारमा पनि थियो। प्रक्रिया सारै झन्झटिलो र रकम पनि थोरै भएको भन्दै बैंकहरुले नमाने पछि यो वर्ष देखि सिमा बढाइएको हो।

एक घरलाई झिलिमिली पार्न ५०० वाट र त्यो भन्दा बढी क्षमताको सोलार चाहिने र बैंकले पनि कर्जा दिँदा त्यतिले मात्र निमेक उठ्ने बताएपछि सोहि बमोजिम निर्णय गरिएको उनले जानकारी दिए। सरकारले अघिल्लो वर्ष १५ हजार मात्रै अनुदान दिएकोमा यो वर्ष २० हजार पुर्याएको हो ।

के गर्नु पर्छ अनुदान र कर्जा लिन?
अघिल्लो वर्ष ३० जनालाई अनुदार र सहुलुयत कर्जाको सोलार बिक्री गरेका मर्निङ सन नेपाल सोलार कम्पनीका प्रमुख जंगबहादुर कुँवर जडान अघि निम्न प्रकृया पुरा गर्न सुझाउँछन्।
) सबैभन्दा पहिला ग्राहकले आफु कुन प्रयोजन (घरायसी वा औद्योगिक) को लागि सोलार राख्ने भन्नेमा प्रष्ट हुने।
) घरायसी प्रयोजनमा टिभी, फ्रिज, राईसकुकर, फ्यान, पानी तान्ने/तताउने एवं औद्योगिक प्रयोजनमा कति क्षमताको मेसिन चलाउने हो निर्क्यौल गर्ने।
) उक्त उपकरण/मेसिन सौर्य उर्जाबाट चलाउदा कति वाट क्षमताको सोलार चाहिन्छ भन्ने बारे प्राविधिकसँग सल्लाह लिने।
) कम्पनीबाट सोलार जडान गर्न लाग्ने खर्चको जानकारी लिने र पैसा आफै तिर्ने हो या बैंकबाट कर्जा लिने भन्ने टुङ्गो लगाउने। ५०० वाट भन्दा कम क्षमताको सोलार चाहिने रहेछ भने वा त्यो भन्दा बढी क्षमताको लागि पनि आफै तिर्ने हो भने सोलार कम्पनीले सिधै जडान गरिदिन्छन्।
) यदि बैंक बाट कर्जा लिने हो भने १० प्रतिशत रकम सोलार कम्पनीमा बुझाउने। कम्पनीसँग भएको सम्झौतापत्रको प्रतिलिपि सहित नागरिकता, बिजुलीको बिल तिरेको रसिद, आयस्रोत खुल्ने कागजपत्र र आफ्नो घर वा उद्योग भएको जग्गाको लालपुर्जाको प्रतिलिपि सहित बैंकमा निवेदन दिने।
) बैंकले कर्जा दिने दिर्णय गर्यो भने ग्राहकलाई खवर गर्छ अनि बिक्रेतालाई खवर गरि सोलार जडान गर्न लगाउने। बैंकले उक्त कर्जा सोलार कम्पनीको खातामा जम्मा गरिदिन्छ।
) सरकारी अनुदान पाउनको लागि सोलार जडान गरेको प्रमाण लिइ वैकल्पिक उर्जा प्रबर्धन केन्द्रको कार्यालय खुमलटार ललितपुरमा आफैँ वा सोलार कम्पनी मार्फत निवेदन दिने।
) केन्द्रले खवर गरेपछि कार्यालयमा गइ अनुदान रकम बुझ्ने।
 
कति वर्षमा तिर्नुपर्छ बैंकको ऋण?

बैंक बाट कर्जा लिएको कर्जाको भुक्तानी अवधि साधारणतया पाँच बर्षको हुन्छ। ५०० देखि १५०० वाट क्षमताका सोलार जडान गर्दा २ दशमलव २५ प्रतिशत मात्र ब्याज तिर्नु पर्छ।

यतिले जतिसुकै ठूलो घर भएपनि घरायसी प्रयोजनलाई काफी हुन्छ। त्यो भन्दा बढी क्षमताका सोलार औद्योगिक प्रयोजनका लागि प्रयोग हुने हुँदा साढे चार प्रतिशत ब्याज तिर्नुपर्छ।

सहुलियत कर्जा दिने  बैंक

बैंक बैंकको नम्वर
सिभिल बैंक ०१४१६९०४०
हिमालयन बैंक ०१४२२७७५६
नेपाल ईन्भेस्टमेन्ट बैंक ०१५५५२९८०
एनएमबी बैंक ०१४६७१४४४
सिद्धार्थ बैंक ०१४४४२९२०

 
कुन प्रयोजनमा कति क्षमताको सोलार चाहिन्छ?

सामान्यतया ३ वटा बत्ति बाल्न र मोवाइल मात्र चार्ज गर्न २० वाट क्षमताको सोलारले पुग्छ। जसको मुल्य १० देखि १५ हजार रुपैयाँ मात्रै पर्छ। तर टिभि, ल्यापटप लगायत विद्युतिय उपकरण चलाउने हो भने कम्तिमा २०० वाट क्षमताको सोलार जडान गर्नुपर्छ।

जति ठुलो क्षमताका उपकरण चलाउने हो त्यहि अनुरुप सोलार जडान गर्नु पर्ने नेपाल सोलार व्यवसायी संघका उपाध्यक्ष तथा सन साइन इनर्जीका संचालक उत्तम सिटौला बताउँछन्।घरायसी प्रयोजनमा जलविद्युत आपुर्ति भएको बेला पनि सौर्य उर्जा नै चलाउने हो भने २०० वाट भन्दा बढी क्षमताको सोलार आवश्यक हुन्छ। सोलारको मुल्य भने त्यसमा प्रयोग हुने सामाग्री कुन देश बाट कस्तो गुणस्तरको आयात भएको छ त्यसमा पनि भर पर्छ।

सोलारको औसत मूल्य
क्षमताः २०० वाट, मुल्यः ७० हजार देखि १ लाख २० हजार रुपैयाँ सम्म

उपकरण संख्या क्षमता (वाट) समय (घण्टा)
कोठाको बत्ति १२
सानो बत्ति
राउटर १५
ल्यापटप ६५
एलइडि टिभि ६५
एलसिडि मोनिटर ११०

 
क्षमताः ४०० वाट, मुल्यः १ लाख ६० हजार देखि २ लाख १० हजार रुपैयाँ सम्म

उपकरण संख्या क्षमता (वाट) समय (घण्टा)
कोठाको बत्ति १२
सानो बत्ति
राउटर १५
ल्यापटप ६५
एलइडि टिभि ६५
एलसिडि ११०
पानी तान्ने पम्प ३८० ३० मिनेट
किचेन फ्यान ६५
फ्रिज ८०

 
क्षमताः ८०० वाट, मुल्यः ३ लाख देखि ३ लाख ५० हजार रुपैयाँ सम्म

उपकरण संख्या क्षमता (वाट) समय (घण्टा)
कोठाको बत्ति १२
सानो बत्ति
राउटर १५
ल्यापटप ६५
इन्डक्सन चुलो १४०० १.५
एलसिडि ११०
फ्रिज ८०

 
क्षमताः १२०० वाट, मुल्यः ४ लाख देखि ४ लाख ५० हजार रुपैयाँ सम्म

उपकरण संख्या क्षमता (वाट) समय (घण्टा)
कोठाको बत्ति १५
सानो बत्ति
राउटर १५
ल्यापटप ६५
एलइडि टिभि ६५
एलसिडि ११०
पानी तान्ने पम्प ७८० ०.५
किचेन फ्यान ६५
इन्डक्सन चुलो १४०० १.५
राइस कुकर ६००
माइक्रो चुलो १३०० ०.२५
आईरन १००० ०.२५

 
औद्योगिक प्रयोजनको लागि १५०० वाट क्षमता भन्दा माथीको सोलार चाहिने र त्यो मेसिनको विद्युत खपत गर्ने क्षमतामा भर पर्ने भएकाले सोलार कम्पनिको प्राविधिकले मुल्याङ्कन नगरी यति नै क्षमताको सोलार चाहिन्छ भन्न नसकिने कुँवरले बताए। सामान्य तया ५ लाख मुल्य भन्दा माथीका सोलार ‍औद्योगिक प्रयोजनमा प्रयोग हुने उनको भनाइ छ।
 
सोलार कहाँ किन्ने?
वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा सूचिकृत करिव चार सय सोलार कम्पनी छन्। अघिल्लो वर्ष दुई सय एक कम्पनी दर्ता थिए। उपभोक्ताको आकर्षण बढेपछि अहिले सूचिकृत कम्पनीको संख्या बढाएको अविनासले बताए।

केन्द्रमा सूचीकृत कम्पनीबाट खरिद गर्दा मात्र अनुदान पाइन्छ।उक्त सूचीबाट उपभोक्ताले आफुलाई पायक पर्ने जुनसुकै कम्पनीबाट सोलार जडान गर्न सक्छन्। सोलारको मुल्य भने कम्पनी अनुसार केही तल माथी हुन सक्छ। त्यसैले दुई वा सो भन्दा बढी कम्पनीमा मूल्य बुझेर किन्दा उपयुक्त हुन्छ।
 
अघिल्लो वर्ष सुचिकृत कम्पनीको नाम र सम्पर्क नम्वर (यो वर्ष २०० कम्पनी थप हुने भए पनि विवरण सार्वजनिक नभएको)
http://www.aepc.gov.np/urbansolar/company.php
 
अनुदान फारम घरयासी प्रयोजनका लागि
http://www.aepc.gov.np/urbansolar/downloadfile/Subsidy%20application%20form%20for%20House%20Hold%20urban%20solar%20PV%20system%20_1469007638.pdf
व्यावसायिक प्रयोजनका लागि
http://www.aepc.gov.np/urbansolar/downloadfile/Subsidy%20application%20form%20for%20urban%20commercial_1466960155.pdf