ग्लोबल आइएमई बैंकले सुजुकी गाडी खरिदमा कर्जा दिने, सात वर्षसम्मका लागि ८० % फाइनान्स

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016
काठमाडौं । ग्लोबल बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँगको सहकार्यमा अटो लोन दिने भएको छ । ग्लोबल र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सबीच आइतबार अटो लोन सम्बन्धि संझौता भएको हो ।

Tata
GBIME
Nepal Life

यो संझौता अनुसार अब अरुण इन्टरकन्टिनेन्टल र त्यस अन्तर्गतका कम्पनीेले विक्री गर्ने सुजुकी ब्राण्डका निजि वा कमर्सियल प्रयोजनका गाडीमा ग्लोबल बैंकले कर्जा दिनेछ । 

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका एसएमइ तथा रिटेल बैंकिङ्गका मुख्य प्रबन्धक सुरेन्द्र राज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट फाइनान्स महाप्रबन्धक मनिष कुमार जैनले हस्ताक्षर गरेका छन् । 
 
ग्लोबल बैंकका सबै शाखाबाट यस्तो कर्जा उपलब्ध हुनेछ । सस्तो व्याजदरमा बैंकले सात वर्षसम्मको लागि ८० प्रतिसतसम्म कर्जा दिने जानकारी पनि दिइएको छ । 
 
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा  शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएको छ । बैंकले यो सञ्जालमार्फत ६ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।