सिद्धार्थ ग्रोथ स्किमका लगानीकताई ३०% लाभांस, दसै मनाउन लगानीकर्ताले पाउलान पैसा?

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ले लगानीकर्तालाई ३० प्रतिसत नगद लाभांस दिने भएको छ । सञ्चालक समितिको आइतबार बसेको बैठकले लगानीकर्तालाई ३० प्रतिसत नगद लाभांस दिने निर्णय गरेको हो ।
 
पाँच वर्षे अवधिको यो ग्रोथ स्किम चार वर्ष अघि सार्वजनिक गरेको हो । सन् २०१७ डिसेम्बरमा यो योजनाको अवधि समाप्त हुन्छ । यो योजना ५० करोड रुपैयाँको हो ।
 
यही क्यापिटलको सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमले पनि लगानीकर्तालाई १६ प्रतिसत नगद लाभांस दिने भएको छ । यो पनि पाँच वर्षे स्किम हो । इक्विटी ओरियण्टेड स्किम एक अर्बको सामूहिक लगानी कोष हो । 

Tata
GBIME
Nepal Life