१०० रुपैयाँ आम्दानी गर्दा ५ रुपैयाँ ३० पैसा बचत गर्छन् नेपाली, किन घट्यो पोहोरभन्दा बचत ?

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016

काठमाडौं । नेपालीहरुको बचत गर्ने क्षमता घट्दै गएको छ । भुकम्प र नाकाबन्दीका कारण मूल्य बृद्धि आकासिँदा नेपालीहरुको बचत गर्ने क्षमता पनि घटेको हो ।
 
अघिल्लो बर्षसम्म नेपालीहरु १०० रुपैयाँ कमाउँदा ८ रुपैयाँ ८० पैसासम्म बचत गर्थे । तर अहिले भने १०० रुपैयाँ कमाउँदा जम्मा ५ रुपैयाँ ३० पैसा मात्र बचत हुन्छ ।
 
मूल्य बृद्धि दर ७.२ प्रतिशतबाट ९.९ प्रतिशत पुगेका कारणले बचतमा असर परेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार तराई आन्दोलन, सीमा नाका अवरोध र आपुर्ति असहजताका कारण मूल्य बृद्धि अकासिएको हो । मूल्य बृद्धिकै कारण उपभोगमा आम नेपालीले ९४.७ प्रतिशत खर्च गर्नु परेको हो ।

Tata
GBIME
Nepal Life