सौराहामा पर्यटक सूचना केन्द्र खुल्ने, सवा करोड बढी लगानी, ठाउँ छनोट गरि छिटै निर्माण थालिने

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016

रत्ननगर । पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटक सूचना केन्द्र निर्माण हुने भएको छ। पर्यटन विभागकाले एक करोड ३१ लाख रुपैयाँको लागतमा उक्त केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।

Tata
GBIME
Nepal Life

'सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भने – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।' 

सौराहामा हात्ती सफारी गर्दै पर्यटक ।  तश्विर साभार:  वाइल्डलाइफ नेपाल डट कम

सौराहा बसपार्क र राप्ती किनारको निकुञ्ज छेउको क्षेत्र मध्ये एक ठाउँमा सूचना केन्द्र निर्माण हुने उनले जानकारी दिए।  केन्द्रले सौराहा आएका पर्यटकलाई घुमफिर र स्थानिय रिती थितीबारे सूचना प्रदान गर्नेछ।

क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले पर्यटन प्रहरीको निगरानी रहने केन्द्रले पर्यटकका लागि चाहिने जानकारी, वन र वन्यजन्तुका गतिविधि, आनिबानी, नेपालका पर्यटकीय क्षेत्र र चितवनको पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृतिक पहिचान लगायत बारे जानकारी दिने बताए। रासस