पेट्रोल नआउँदा पनि गाडीको आयात उच्च, नाकाबन्दीको समयमा समेत भारतीय सामान धेरै भित्रिए

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016
पेट्रोल नआउँदा पनि गाडीको आयात उच्च,  नाकाबन्दीको समयमा समेत भारतीय सामान धेरै भित्रिए
काठमाडौं । भारतले नाकाबन्दी गरेपछि नेपालीहरुले सामान ल्याउन पाएनन् भन्ने सोच्नु भएको छ भने तपाई गलत हुनु हुन्छ । भारतले खासगरी पेट्रोलियम पदार्थ आउन नदिए पनि बाँकी सामान भने आएन दिइरह्यो ।
 
यही कारण भारतबाट एक बर्षको अवधिमा पेट्रोलियम पदार्थवाहेकको आयात ६.४ प्रतिशतले बढेको छ । पेट्रोलियममा रोक लगाएका कारण नेपालले  भारत र अन्य देशबाट आयात गर्ने सामान भने ०.१ प्रतिशतले घटेको छ ।
 
एक बर्षको अवधिमा पेट्रोलियम पदार्थ ६५ अर्ब ६० करोड रुपैयाँको भित्रिएको छ । जबकी अघिल्लो बर्षएक खर्ब १० अर्बको भित्रिएको थियो । ६२ अर्ब ९४ करोडको गाडि र यसका पार्टपुर्जा भित्रिएका छन् । अघिल्लो बर्ष ४४ अर्ब १२ करोडका गाडी तथा पार्टपुर्जा भारतबाट नेपाल भित्रिएका थिए ।
 
 
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, भारतले नाकाबन्दी गर्दा चीनबाट नेपालीहरुले परारभन्दा वढि सामायन ल्याए । परारभन्दा यसपाली १५.५ प्रतिशतले वढि सामान चीनबाट नेपाल भित्रियो ।
 
भारतले नाकाबन्दी गरेका कारण कलकत्ताबाट हुँदै भित्रिने  अन्य मुलुकको सामान पनि नेपालसम्म आइपुगेन । यही कारण तेस्रो मुलुकबाट भित्रिने सामानय १.२ प्रतिशतले घटेको छ ।
 
अरुबेला सँधै वढ्ने पेट्रोलियम आयात यसपाली नाकाबन्दीले घटेको छ । बरु पेट्रोलियम पदार्थ हालेर चलाउनु पर्ने सवारी साधन र यसका पार्टपुर्जाको आयात वढेको छ । सुन, औषधि र रसायनिक मलको पनि आयात बढेको छ ।

Tata
GBIME
Nepal Life