'हाम्रो मुनाफा सर्वसाधारणमा बाँडियोस् भन्ने हो', आईएमई समूहका हेमराज ढकालको अन्तर्वार्ता




हाम्रो चलिरहेका कम्पनी पब्लिकमा लैजानका लागि प्रक्रिया सुरु भैसकेको छ। प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिसकेका छौं। हामी यी कम्पनीलाई जति सक्दो छिटो पब्लिकमा लैजान चाहन्छौं। त्यसका लागि हाम्रो मात्रै पहलले हुँदैन । राज्यका आफ्ना केही दायित्वहरु पनि छन । ती दायित्वहरु पूरा हुनुपर्छ।
 --- 
अब चन्द्रागिरिमा एउटा लेभलको काम सकिएको छ र अहिलेकेवलकार चल्न थालेको छ। यधपी, केवलकार नै पूर्ण भने होइन। हामीले त्यहाँ थप्न लागेका सुविधाहरु धेरै छन्, जस्तो त्यहाँ रिसोर्ट खुल्दै छ। हामी अम्युजमेन्ट पार्क बनाउँदै छौं, जीप फ्लायर लगायतका पर्यटकीय पूर्वाधारहरु निर्माण गर्दैछौं

 --- 
फोकस सिफ्ट भएको भन्दा पनि म पहिलेदेखि नै हाम्रो ग्रुपको इन्टरनेशनल एक्सपान्सनमा काम गरिरहेको थिएँ| जसले गर्दा अधिकांश समय म ट्राभल गरिरहेको हुन्थे | मैले व्यवसायको नीतिगत तहमा काम गर्ने भएकाले मिडियामा कम आएको मात्र हुँ
 --- 
हामीले अवसर पायौं, आज यो अवस्थामा छौं। अब अरुका लागि अवसर सिर्जना गर्ने दायित्व हामी माथि छ। जबसम्म अवसरहरु सिर्जना हुँदैनन्, तवसम्म व्यक्ति  इम्पावर्ड हुँदैन, समाज इम्पावर्ड हुँदैन र देश इम्पावर्ड हुँदैन। हामी आफूले मात्रै होइन अरुले पनि मुनाफा कमाउन सक्यो भने मात्रै बिजनेशको साइकल पूरा हुन्छ
 --- 
 
आईएमई समूहका ब्रेन हुन्, हेमराज ढकाल(रामु)। दशकभन्दा बढी समय कार्यकारी निर्देशकका रुपमा मलेसियाबाट आईएमईको बिजनेशलाई लिड गरेका उनी अहिले नेपाल भित्र बढी क्रियाशिल छन्। चार अर्व रुपैयाँभन्दा बढी लगानी भएको र भरखर सफ्ट ओपनिङ भएको चन्द्रागिरी केवलकारका व्याकबोन ढकाल अब नेपालमा सोसल इन्ट्रप्रेनरसिपलाई अघि बढाउने पक्षमा छन्। उनी सोंच र उद्यमशिलता भएका युवा पुस्तालाई फाइनान्सिङ गर्न समेत तयार छन्। उनै ढकाललाई बिजमाण्डूका विज्ञान अधिकारीले प्रश्न गरे, के नेपालमा पनि त्यस्ता इनोभेटिभ आइडिया छन्?
 



तपाईं अधिकांश समय विदेशमा बसेर विजनेस ड्राइभ गरिरहनुभएको थियो तर अहिले धेरै जसो नेपालका परियोजनाहरुमा भेटिनुहुन्छ।भनेपछि अब तपाईंको फोकसनेपालमा सिफ्ट भएको हो
?
फोकस सिफ्ट भएको भन्दा पनि म पहिलेदेखि नै हाम्रो ग्रुपको इन्टरनेशनल एक्सपान्सनमा काम गरिरहेको थिएँ| जसले गर्दा अधिकांश समय म ट्राभल गरिरहेको हुन्थे | मैले व्यवसायको नीतिगत तहमा काम गर्ने भएकाले मिडियामा कम आएको मात्र हुँ | अहिले यहाँको प्रोजेक्टमा काम बढी भइरहेकाले नेपालमा  छु।
 
आईएमईले नेपालमा अहिले तीन/चार वटा परियोजनामा फोकस गरिरहेको छ। एउटा त फाइनान्सियल सर्भिसेस नै भयो, अटोमेटिभमा पनि हुनुहुन्छ र अहिले चन्द्रागिरिमा । चन्द्रागिरि चलाउनुपर्छ भन्ने सोंच कसरी आयो?
चन्द्रागिरि परियोजना विशेष गरेर मलेसियाबाट प्रभावित भएर आएको परियोजना हो। त्यहाँको गिन्तिङ हाइल्याण्डको जस्तै पूर्वाधार नेपालमा बनाउन सकिन्छ भन्ने लागेको थियो। नेपालमा पनि त्यस्ता धेरै ठाउँहरु छन्, जसलाई हामी विकास गर्न सक्छौं। विकासको एउटा नमुना प्रस्तुत गर्न सकिन्छ भनेर परियोजना विकासमा लागेका हौं।
अब चन्द्रागिरिमा एउटा लेभलको काम सकिएको छ र अहिलेकेवलकार चल्न थालेको छ। यधपी, केवलकार नै पूर्ण भने होइन। हामीले त्यहाँ थप्न लागेका सुविधाहरु धेरै छन्, जस्तो त्यहाँ रिसोर्ट खुल्दै छ। हामी अम्युजमेन्ट पार्क बनाउँदै छौं, जीप फ्लायर लगायतका पर्यटकीय पूर्वाधारहरु निर्माण गर्दैछौं। अहिले केवलकार सञ्चालनमा आइसकेको छ। सुविधासम्पन्न बुटिक रिसोर्ट निर्माणको काम तिव्र गतिमा हुँदैछ। यी सेवा र सुविधा केही समयको अन्तरमा हामी ल्याउँछौं।
 
चन्द्रागिरी सुरु गर्दा वित्तीय रुपमा यो सानो परियोजना थियो तर बन्दै गएपछि अहिले यो एउटा विशाल परियोजनाका रुपमा अघि बढेको छ। वित्तीय रुपमा यो कति सम्भाव्य हुन्छ भन्ने देख्नुहुन्छ?
हामीले चन्द्रागिरिलाई दीर्घकालीन परियोजनाका रुपमा सोंचेर लगानी गरेका हौं। सुरुमा सानो बनाउने त्यसपछि सेवा, सुविधा र पूर्वाधार थप्दै जाने हाम्रो सोंच थियो। त्यही सोंचअनुसार हामीले चन्द्रागिरिमा लगानी गरेका छौं।
फेरि यो परियोजनाको उद्देश्य बिजनेश मात्रै होइन्, यो एउटा सोसल इन्टरप्राइजेज पनि हो। तपाईं काठमाडौंमा हेर्नुहुन्छ भने यहाँको जीवन कति स्ट्रेसफुल छ? त्यो स्ट्रेसलाई तपाईंले कहाँ लगेर बिसाउने? यो परियोजना जीवनमा खुशी दिनका लागि पनि हो।

त्यसैगरी यो परियोजनाबाट हामीले धार्मिक पर्यटनमा पनि एक तहको फड्को मार्न सक्छौं । हामीले अर्थतन्त्रलाई माथि लैजानका लागि पर्यटन उधोग मेरुदण्ड हो भन्छौं। तर पर्यटकहरुका लागि पूर्वाधार खोई? जबसम्म हामीले राम्रो पूर्वाधार तयार गर्दैनौं तवसम्म पर्यटकलाई स्वागत गर्न पनि सक्दैनौं। उनीहरुलाई नेपालमा स्वागत गर्न चन्द्रागिरि जस्ता पूर्वाधारहरु चाहिन्छन् । यस्ता परियोजनाले पर्यटकको बसाई लम्बाउन पनि सकिन्छ।

यो परियोजना ठूलो छ र लगानी पनि धेरै भएको छ, थप लगानी पनि भैरहेको छ। दीर्घकालका लागि हामीले त्यहाँ एउटा इन्टिग्रेटेड परियोजना तयार गरेका छौं। पक्कै पनि इकोनोमिक हिसावमा त्यो परियोजना सफल हुन्छ भन्ने हाम्रो विश्वास हो।
 


संसारभर अहिले एउटा थ्योरीले काम गरिरहेको छ, त्यो हो,  ‘आइदर यु इनोभेट अर डाई’। अघि बढ्नका लागि इनोभेसन सबैभन्दा महत्वपूर्ण भएको छ। यही सोंचका कारण विश्वभर नयाँ नयाँ परियोजना आएका छन्, आधारभूत रुपमा ती इनोभेसन भएर आएका हुन्। मेरो चाहना पनि यस्ता इनोभेसनलाई सहयोग गर्ने हो
---

 
नेपाल जस्तो अस्थिर देशमा विल्कुलै नौलो सोंचको परियोजनामा यति ठूलो लगानी गर्नु तपाईंहरुलाई जोखिम हुँदैन्?
पक्कै पनि हामीले जोखिम मोलेर नै अघि बढेको हो। आजको दिनमा उद्योगीका रुपमा हामीले जोखिम मोल्नै पर्छ। नेपालमा पनि सम्भव छ भनेर एउटा परियोजना देखाउन पनि हामीले यो परियोजनालाई रोजेका हौं। फेरि यसमा आईएमई मात्रै लगानीकर्ता पनि होइन । अरु लगानीकर्ता पनि हुनुहुन्छ।  आईएमईको रुपमा भन्नुपर्दा हामी यो परियोजनामार्फत हस्पिटालिटी उद्योगमा फरक ढंगले प्रवेश गर्दैछौं। पर्यटनमा हामी अरु परियोजना पनि हेरिरहेका छौं। हामी सेवा उद्योगका अरु परियोजनामा पनि जान्छौं।
 
यसको अर्थ चन्द्रागिरिमार्फत तपाईंहरु हस्पिलाटी उद्योगमा प्रवेश गर्दै हुनुहुन्छ। र यो परियोजना त्यसको पहिलो चरण हो?
हस्पिटालिटी क्षेत्रमा चन्द्रागिरि आइएमईको एउटा ब्राण्ड हो। हामी अब अन्य परियोजनामा पनि यसैगरी अघि बढ्छौं। अहिले हामी हस्पिटालिटी उद्योगमा कसरी जाने भनेर एउटा मास्टर प्लान बनाइरेहका छौं। त्यो इन्टिग्रेटेड प्लान तयार भएपछि एग्रेसिभ रुपमा काम गर्छौं।
 
नेपालमा धेरै व्यवसायीक प्रतिष्ठानले होटलमा लगानी घोषणा गरिसकेका छन्कति निर्माण चरणमा छन्। यस्तो बेला आईएमई एग्रेसिभ हुनु भनेको दुई/तीन वटा होटल तत्कालै अपरेशनमा आउँछ भन्ने हो?
चाहे त्यो आईएमई समूहले चलाएको रेमिट्यान्सको सन्दर्भमा होस् वा बैंक सञ्चालन गर्ने सन्दर्भमा होस् हामीले अलि फरक सोंचसहित काम गरिरहेका छौं | चन्द्रागिरि पनि त्यही फरक सोंचको नतिजा हो। हस्पिटालिटी उद्योगमा चन्द्रागिरि हाम्रो पहिलो पोजेक्ट पनि हो। हामीले हस्पिटालिटी होस् वा होटल रिसोर्ट खोल्ने सन्दर्भमा होस् हामी नयाँ डेष्टिनेशनलाई फोकस गर्छौं, नयाँ सोंचलाई प्रवर्द्धन गर्छौं।
 


चन्द्रागिरि एक वर्ष अघि सकिनु पर्ने परियोजना थियो
, सकिएन। तपाईंसँग त विदेशको अनुभव पनि छ नेपालमा काम गर्न कति गाह्रो रहेछ?
नेपालमा काम गर्नका लागि धैर्यता चाहिन्छ। चन्द्रागिरि केवलकारको सोंच पनि हिजो आजको होइन। यो सन् २००३ देखिको परियोजना हो। प्लान बन्दै बन्दै आज यहाँ आइपुगेको हो। नेपालमा परियोजना बनाउन सजिलो छैन तर हामीले दिन खोजेको सन्देश काम गर्न असम्भव पनि छैन भन्ने हो। नेपालमा काम गर्न समर्पण र धैर्यता दुवै चाहिन्छ।

नेपालमा कुनै परियोजना गर्नु पर्यो भने त्यहाँ धेरै स्टेकहोल्डहरु हुन्छन्। सरकार हुन्छ, स्थानीय निकाय हुन्छ, स्थानीय वासिन्दा हुन्छन्। सबैलाई एउटा विन्डोमा ल्याउन सके मात्रै परियोजना सफल हुन्छ। नेपालमा सबैलाई संयोजन गरेर एकै ठाउँमा ल्याउने काम सबैभन्दा गाह्रो छ।

गतवर्ष भुकम्प आयो, नाकावन्दी पनि भयो। यसले परियोजना ढिला भएको हो। त्यस्तै नेपालको निर्माण क्षेत्रमा सीपयुक्त जनशक्तिको समस्या पनि छ। बाहिरबाट हेर्दा यी त्यति ठूला समस्या होइनन् तर ठूला परियोजना यस्तै साना-साना समस्याले अलिक ढिलो हुने रहेछ | यद्यपी, औसतमा यसको निर्माण अवधि त्यति ढिलो भने होईन |
 
तपाईं नेपाल बाहिर बसेर पनि बिजनेश हुर्नुभयोनेपालमा पनि काम गरिरहनु भएको छ। नेपालमा कुनै परियोजनाका लागि वित्तीय स्रोत जुटाउनु कति गाह्रो काम हो?
बाहिर तिर जुन सोर्स अफ फाइनान्सिङ छ, भेञ्चर क्यापिटल छ, प्राइभेट इक्वीटी फण्ड छ, बैंकबाट प्रोजेक्ट फाइनान्सिङ हुन्छ। त्यहि अनुपातमा त हामीकहाँ छैन तर क्रमिक रुपमा बाहिर जे छ त्यो हाकीकहाँ आउने क्रम भने छ। तुलनात्मक रुपमा नेपालमा फाइनान्सिङको एक्सेस अलि कम छ । तर बिजनेस कन्सेप्ट छ र काम गर्न सकिन्छ भन्ने सोंच छ भने फाइनान्सिङ नभएर अड्किइ हाल्नु भने पर्दैन।
 
विशेषगरी प्रोजेक्ट भएका र काम गर्ने स्किल पनि भएका योङ जेनेरेशनलाई फण्डको सोर्स चाहिने हो। नेपालभन्दा बाहिर गएका कतिपय नेपालीहरु नेपालमा केही काम गर्न चाहिरहेका हुन्छन्। कलेज पढिरहेका युवाहरुले प्रोजेक्ट तयार गरिरहेका हुन्छन्। उनीहरुलाई ग्रो गर्न फाइनान्सिङको आवश्यकता छ। यदी उनीहरुले ग्रो गर्न सके भने त्यसको फाइदा देशलाई पनि हुन्छ र ठूलो कर्पोरेट हाउसलाई पनि हुन्छ। देश विकास गर्ने हो,देशमा बिजनेशलाई ग्रो गर्ने हो र पुँजी सिर्जना गर्ने हो भने परियोजना, सोंच र क्षमता भएका त्यस्ता युवालाई निराशा गर्नुहँदैन ।
 
नेपाल बाहिर औद्योगिक घरानाहरुबाट स्टार्टअप फण्ड, भेञ्चर क्यापिटलप्राइभेट इक्वीटीबाट पनि नविन सोंच भएका उद्यमीलाई फाइनान्सिङ जुट्ने गरेको छ। के नेपालमा त्यस्तो सम्भावना रहन्छ?
किन छैन,पक्कै पनि सम्भव छ। मेरो त यो सबैभन्दा रुचीको विषय पनि हो।
विजनेश हाउसको एउटा काम मुनाफा कमाउने हो तर त्यसो भन्दैमा हामीले सोसल इन्ट्रप्रेनरसिपलाई छाड्नु हुँदैन | हामीले अवसर पायौं, आज यो अवस्थामा छौं। अब अरुका लागि अवसर सिर्जना गर्ने दायित्व हामी माथि छ। जबसम्म अवसरहरु सिर्जना हुँदैनन्, तवसम्म व्यक्ति  इम्पावर्ड हुँदैन, समाज इम्पावर्ड हुँदैन र देश इम्पावर्ड हुँदैन। हामी आफूले मात्रै होइन अरुले पनि मुनाफा कमाउन सक्यो भने मात्रै बिजनेशको साइकल पूरा हुन्छ। त्यसको अर्थ आज हामीले अरु कसैलाई फाइनान्सिङ गर्यौं भने कुनै समयपछि त्यसको लाभ हामी जस्ता बिजनेस हाउसलाई हुन्छ |  मेरो साथी सर्कल पनि यस्ता विषयका लागि तयार छन् । म यो क्षेत्रमा कुरा होइन साँच्चै काम गरेर देखाउन चाहन्छु।
 
यसको मतलव तपाईं सानासाना लगानीकर्तालाई जोड्नका लागि केही काम गर्न खोज्दै हुनुहुन्छ?
अहिले हामीले यसका लागि काम गरिरहेका छौं। एउटा इन्टिग्रेटेड प्लान तयार भैरहेको छ। हामी मात्रै बिजनेस हाउस बनेर भएन, हामीले अरु उद्यमीहरु पनि जन्माउनु पर्यो। त्यसले व्यक्तिगत रुपमा उनीहरुको पनि विकास हुन्छ।
अहिले जसरी युवाहरु विदेश गैरहेका छन्। व्रेन ड्रेन भैरहेको छ उनीहरुलाई देशमै ल्याएर उनीहरुको सिपलाई हाम्रो स्रोत दिएर काम गर्न खोजिरहेका छौं। उनीहरुलाई स्रोत मात्रै होइन हामी म्यानेजमेन्ट स्किल पनि दिन्छौं र उनीहरुलाई अपलिफ्ट गर्छौं।
कसैसँग आइडिया छ तर फण्डिङ क्यापासिटीको कमी छ भने उनीहरुलाई हामीले सहयोग गर्छौं। फ्रन्टमा ल्याउने काम गर्छौं। उनीहरुका लागि वित्तीय स्रोत जुटाइदिने मात्रै होइन, व्यवस्थापन क्षमता पनि बढाउने गरी काम गर्छौं।
 


तर त्यो काम तपाईंहरुले किन गर्ने?
यो मेरो हबी हो। म यो काम गर्दा खुशी पनि हुन्छु। हामीले जतिवेला आईएमई सुरु गर्यौं त्यतिवेला आईएमई विल्कुलै नयाँ कन्सेप्ट थियो। अहिले हामीले चन्द्रागिरिको काम गरिरहेका छौं यो विल्कुलै नयाँ कन्सेप्ट छ। कसैसँग यस्ता सोंचहरु छन्, भने ती सोंचहरु फ्लोरमा आउन् भन्ने हो।

अहिले नेपालमा धेरै सम्भावनाहरु छन्। कसैले आइडिया भएर पनि त्यसलाई प्रयोग गर्न सकिरहेको हुँदैन। वित्तीय र व्यवस्थापकीय स्रोत नहुँदाको कारणले उनीहरु अघि आउन सकेका छैनन् । त्यस्ता आइडियालाई व्याकअप गर्न सकियो भने उनीहरुलाई अवसर सिर्जना हुन्छ। उनीहरुको टीमलाई अवसर सिर्जना हुन्छ।

नेपालमा अहिले पनि सम्भावना छ। अवसर पनि छ। मैले बाहिर बसेर जुन अनुभव सिकें, अमेरिकामा पढ्दा साथीहरुको जुन नेटवर्क तयार भयो, त्यो सिकाईलाई ल्याएर यहाँ प्रयोग गर्ने मेरो चाहना हो। संसारभर अहिले एउटा थ्योरीले काम गरिरहेको छ, त्यो हो,  ‘आइदर यु इनोभेट अर डाई’। अघि बढ्नका लागि इनोभेसन सबैभन्दा महत्वपूर्ण भएको छ। यही सोंचका कारण विश्वभर नयाँ नयाँ परियोजना आएका छन्, आधारभूत रुपमा ती इनोभेसन भएर आएका हुन्।
 
नेपालमा जुन किसिमको पढाइ छजुन किसिमको व्यवसायिक वातावरण छ। यस्तो ठाउँमा इनोभेटिभ आइडिया आउन सक्छ?
आजको दिनमा नेपालका धेरै क्षेत्रमा इनोभेसन भइरहेको छ | नेपालको भावी पुस्तासँग हामी अझै बढी आशावादी छौं। पूँजीकै अभावमा इनोभेटिभ्स आइडिया नरोकियोस् भन्ने हाम्रो चाहना हो | यो समयको कम्पल्सन पनि हो। देश बाहिर गएर जसले काम गरेर फर्किएको छ, अहिले हाम्रो अलि बढी फोकस उनीहरुमा छ। किनभने उनीहरुसँग अलि बढी आइडिया छ। विदेशमा काम गरेको अनुभव उनीहरुले यहाँ ल्याएर प्रयोग गर्न सक्छन्। उनीहरु त प्राथमिकतामा पर्छन् नै त्यसैगरी यहाँको स्थानीयले पनि अवसर पाउँछन्।
 
आईएमई सम्वद्ध धेरै कम्पनीहरु पब्लिक लिमिटेड बन्ने बाटोमा छन्। अझ राम्रो मुनाफा गर्ने कम्पनी पनि प्राइभेटबाट पब्लिक कम्पनी बनेका छन्। नेपालमा अहिले पनि धेरै उद्यमीहरु नाफा गर्ने कम्पनीको सेयर बाँडफाँड गर्ने भन्ने सोंचमा छ। तपाईंहरु यो सोंच के हो?
हाम्रो सोंच भनेको पब्लिकसँग जोडिनुपर्छ भन्ने हो। उनीहरुलाई जोड्नुपर्छ भन्ने हो। हाम्रो अल्टिमेट अब्जेक्टिभ भनेको सबैलाई सहभागी गराएर हाम्रो समूहमा आवद्ध गरौं भन्ने हो। हाम्रा धेरै कम्पनी पब्लिकमा लैजाने तयारी भैरहेको छ। ताकि सर्वसाधारण पनि हाम्रा कम्पनीको साझेदार बनुन्,हाम्रा कम्पनीले गर्ने मुनाफा बाँडियोस् भन्ने हो। त्यसका लागि हामीले धेरै कुराहरु सेक्रिफाइस गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार नै छौं।  हामीले त्यसैका लागि आईएमई सम्वद्ध सबै कम्पनीमा ट्रान्सपेरेन्सीलाई फोकस गरिरहेका छौं।
 


यो कहिलेसम्म सम्भव  छ
?
अहिले ठ्याक्कै रोडम्याप त बनेको छैन तर हाम्रो चलिरहेका कम्पनी पब्लिकमा लैजानका लागि प्रक्रिया भने सुरु भैसकेको छ। प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिसकेका छौं। हामी यी कम्पनीलाई जति सक्दो छिटो पब्लिकमा लैजान चाहन्छौं। त्यसका लागि हाम्रो मात्रै पहलले हुँदैन । राज्यका आफ्ना केही दायित्वहरु पनि छन । ती दायित्वहरु पूरा हुनुपर्छ। मुनाफा गरिरहेका कम्पनीहरु पब्लिकमा लैजानका लागि सरकारले केही इन्सेन्टिभाइज पनि गरिदिनुपर्छ। इन्सेन्टिभाइज गरिदियो भने मोटिभेसन पनि हुन्छ।
 
तपाई रेमिट्यान्सको पायोनियर हुनुहुन्छयसलाई कसरी अघि बढाउँदै हुनुहुन्छ?
हामीले रेमिट्यान्स विजनेशलाई डिजिटलाइजेशन गरिरहेका छौं। त्यसलाई मोवाइलसँग जोडेर बढी फोकस गर्न खोजिरहेका छौं। यसले एउटा त उपभोक्ताको लागत घट्छ भने दोस्रो रेमिट्यान्स उपभोग्य वस्तुमा खर्च गरेर जुन निक्षेप नहुने समस्या छ। त्यसलाई निराकरण पनि गर्छ। तपाईं निक्षेपलाई उपभोग्य वस्तुमा खर्च गर्न थाल्नुहुन्छ, यसले पुँजी निर्माण हुँदैन्। जब तपाईं निक्षेपकै रुपमा राख्नुहुन्छ। त्यसले पुँजी निर्माण हुन्छ। त्यो पुँजी तपाईं आफै पनि प्रयोग गरेर उद्यमशिलता विकास गर्न सक्नुहुन्छ। वा जसलाई आवश्यक छ उसका लागि पुँजी प्राप्त हुन्छ।
त्यसैका लागि हामीले मोवाइल फाइनान्सिङमा पनि काम गरिरहेका छौं। त्यसको पुरै इकोसिस्टम विकास गर्ने क्रममा छौं। त्यो पनि हामी छिट्टै लञ्च गर्छौं।
 
आईएमई समूह एग्रेसिभ देखिएकोअर्को बिजनेस अटोमोटिभ पनि हो? यो कसरी अघि बढ्छ?
हामी अटोमोटिभमा छ सात वर्षदेखि छौं। नेपालमा अहिलेसम्म विकास निर्माणको कामले तीब्रता पाएको छैन । र हाम्रो विश्वास छ नेपालसँग विकासगर्ने बाहेक अर्को विकल्प छैन। जब विकास सुरु हुन्छ, त्यतिवेला यातायात र निर्माणमा अथाहा सम्भावना रहन्छ। त्यही हिसावमा हामी अघि बढिरहेका छौं। बजारमा हामी यहाँ कसैसँग प्रतिष्पर्धा गर्नभन्दा पनि बजार बनाउने हिसावमा आएका छौं। अटोमोटिभमा पनि हाम्रो सोंचभैरहेका कसैसँग प्रतिष्पर्धा गर्नेभन्दा पनि सबैलाई अवसर सिर्जना गर्ने हो। हामीले त्यसैअनुसार अटोमोटिभमा हाम्रो रणनीति तयार गरिरहेका छौं र त्यहीअनुसार काम पनि गरिरहेका छौं।


Share this Story

   

'हाम्रो मुनाफा सर्वसाधारणमा बाँडियोस् भन्ने हो', आईएमई समूहका हेमराज ढकालको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.