एनसेल मेलामा झुम्मिए पोखरेली दर्शक,चर्चित्र कलाकारको प्रस्तुती, हाईटेक जोनमा दर्शकको भीड

बिजमाण्डू
२०७३ असोज १ गते १९:५८ | Sep 17, 2016
एनसेल मेलामा झुम्मिए पोखरेली दर्शक,चर्चित्र कलाकारको प्रस्तुती, हाईटेक जोनमा दर्शकको भीड
काठमाडौं । एनसेलले चाडपर्वलाई लक्षित गर्दै सुरु गरेको मेला शनिबार पोखरामा भएको छ । नारायणगढपछि पोखरामा भएको मेलामा दर्शकको व्यापक सहभागिता रहेको कम्पनीले जनाएको छ । 
मेलामा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतिहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेकाथिए । चर्चित कलाकार तथागायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलामा आफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुतीमार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतिमा दर्शकहरु मत्रमुग्ध भएका थिए । 
मेलामा सुट द रावण, मिनीबास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए ।मेलामा डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथजस्ता आकर्षणहरु रहेका थिए ।
“पर्यटकीय नगरी पोखरामा एनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामीनिकै हर्षित छौ,”एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने, “यस मेलाले परिवारजन, आफन्त र साथीभाईसँग साथै रहीखुसी साट्न थपउर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।”
 
 

Tata
GBIME
Nepal Life