लघुवित्त विकास बैंक र सहकारी संस्थाहरुलाई पनि अन्तर्राष्ट्रिय सफ्टवेयर, सञ्चालन लागत घट्ने

बिजमाण्डू
२०७३ असोज ३ गते १२:१४ | Sep 19, 2016


काठमाडौं । नेपालका लघुवित्त विकास बैंक र सहकारी संस्थाहरुले पनि अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर सञ्चलान गर्न पाउने भएका छन् । नेपालका ३४ लघुवित्त विकास बैंकहरुको संयुक्त लगानीमा खुलेको नेपाल फिनसफ्ट लिमिटेडले सफ्टवेयरको पहल अगाडि वढाएको हो ।

Tata
GBIME
Nepal Life

नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको नेतृत्व र युकेएड सक्षम वित्तीय पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा अभियान थालिएको हो ।

नेपाल फिनसफ्ट कम्पनीले सिस्टम बनाउनका लागि प्योरसफ्टवेयर लिमिटेडको प्राविधिक सहयोग लिने छ । २०७४ वैशाखसम्म सिस्टम सञ्चालनमा आइसक्ने छ । अहिले विभिन्न कम्पनीहरुको सफ्टवेयर प्रयोग गरिरहेका लघुवित्तहरुले नयाँ सफ्टवेयर सुपथ मूल्यमा प्राप्त हुने छ । यसले सञ्चालन खर्चमा कमी ल्याउने भएकाले ग्राहकले पनि कम मूल्यमा गुणस्तरीय सेवा प्रयोग गर्न पाउने छन् ।

कार्यक्रममा वोल्दै सक्षम वित्तीय पहुँच कार्यक्रमका टोली प्रमुख बलजित वोहराले समयमै अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विकास गरेर संस्थाहरुको दक्षता बृद्धि गर्दै लाखौ नेपालीलाई फाइदा पुग्नेट बताए ।