सोनीको फोरके एचडीआर एण्ड्रोइड टीभी बजारमा,उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ

बिजमाण्डू
२०७३ असोज ४ गते १७:०४ | Sep 20, 2016

काठमाडौ ।सोनीको फोरके हाइ डायनामिक रेञ्ज (एचडीआर)का नयाँ रेञ्जका टीभी नेपालमा बिक्री सुरु भएको छ । नेपा हिमा ट्रेड लिंकले टिभी बिक्री सुरु गरेको हो । यो टीभीमा आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको कम्पनीले जनायो ।

कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स९३डी, फोरके एचडीआर टीभी र फूल एचडी टीभी अन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि  सार्वजनिक गरेको छ ।यो टिभीमा उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ । टीभीमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ यसले टीभीे चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जनायो ।

Tata
GBIME
Nepal Life

टीभीमा प्रयोग गरिएको एक्सवान फोरके प्रोशेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पु¥याउने कम्पनीले जनाएको छ । सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपले एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउने कम्पनीले जनाएको छ ।