असोज सात गतेदेखी सिटिसी मलमा मोवाइल एक्सपो हुने, लक्की ड्रमा हरेकदिन मोवाइल, वाइफाई फ्रि

बिजमाण्डू
२०७३ असोज ४ गते १७:१६ | Sep 20, 2016
असोज सात गतेदेखी सिटिसी मलमा मोवाइल एक्सपो हुने, लक्की ड्रमा हरेकदिन मोवाइल, वाइफाई फ्रि


काठमाडौं। सुन्धाराको सिटिसी मलमा दशैंको अवसरमा 'जेटु सिटिसी मोबाइल एक्स्पो २०१६' हुने भएको छ। मेलामा आकर्षक छुट र सुबिधा सहितको मोबाइल एक्स्पो हुन लागेको जनाइएको छ।
असोज सात गतेदेखि १५ गतेसम्म आयोजना गर्न लागिएको सिटिसी मोबाइल एक्स्पो २०१६ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सामसुङ मोवाइल जेटु मोबाइल रहेको जनाइएको छ।
 
सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको भूइँतल्ला, तेस्रो, चौथो र पाँचौ तल्लामा हुनेछ। 
 
सिटिसी मोबाइल एक्स्पोको पावर्ड वाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एम आई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, युएमआई. सिटिभि मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट रहेका छन् । 
सो मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसुङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई, ओबिआई स्पाइस र जोप्पो मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । 
 
साथै कलर्स, जोप्पो र लक्ष्मी गु्रपद्वारा प्रवर्द्धित मोबाइलको सर्भिस सेन्टर चाँडै नै खुल्ने र केही नयाँ मोबाइल ब्राण्डका सर्भिस सेन्टरहरु पनि खुल्ने जनाइएको छ। 
 
आठ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अतिरिक्त केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ।
 
एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको र वाइफाइको व्यवस्था गरिएको छ । अवलोकनकर्तालाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने सक्नेछन्। त्यस्तै बेस्ट सेल्फी अवार्ड र विभिन्न मोबाइल सम्बन्धी क्रियाकलापहरु गरी थुप्रै मोबाइल पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ।
 
एक्स्पोमा हरेक दिन छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन पाँच जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५ सय देखि एकलाख रुपैयाँको खरिद भौचरहरु प्रदान गरिने जानकारी दिइएको छ। 
 
एक्स्पो मार्फत दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गरिने तथा एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिने जनाइएको छ।
 

Tata
GBIME
Nepal Life