आम्दानी सोचेजस्तै तर तनावै तनाव, यी जागिर जहाँ कमाइ धेरै हुन्छ तर तनावले रातभरी सुत्न दिँदैन

बिजमाण्डू
२०७३ असोज ५ गते १०:४८ | Sep 21, 2016


काठमाडौ । राम्रो जागिर खाने सपना कसको हुँदैन ? त्यसैले अधिकांस राम्रो जागिरको खोजिमा हुन्छन् ।
 
तर 'ड्रिम्स जव' खोज्दा खोज्दै तपाईले यस्तो जागिर पाउनु हुन्छ जहाँ पैसा त मनग्य हुन्छ तर तनाव पनि धेरै हुन्छ ।

Tata
GBIME
Nepal Life

एक अमेरिकी साइटले देखेको तनावपूर्ण जागिर यी हुन् ।
 
डिटेक्टिभ
स्ट्रेस टोलरेन्स: ९४%
बार्षिक कमाइ: ५९१९० $
 
चुनौतीहरु लिन चाहनेका लागि डिटेक्टिभको जागिर एकदमै राम्रो हो । तर चुनौती लिने भन्दैमा सारासन्सारकै तनाव बोक्नु कतिको उचित हो? अध्ययनका अनुसार यो जागिरमा तनाव ९४ प्रतिशत छ ।
 
एजुकेशन एडमिनिस्ट्रेटर
 स्ट्रेस टोलरेन्स: ९४%
बार्षिक कमाइ: ५९१९० $
एजुकेशन एडमिनिस्ट्रेटरको प्रोफाइलिङ एकदमै चुनौतीपूर्ण जागिरका रुपमा गरिन्छ । यदि तपाई अलिक हल्का जागिर खोज्नु हुन्छ भने एजुकेशन एडमिनिस्ट्रेटरतिर आँखै नलगाउनुहोस् । मार्केटिङ एक्टिभिटिज, एल्युमिनाइ रिलेशन, रिक्रुटमेन्ट असिस्ट, गभर्निङ वडिजलाई एजुकेशन एडमिनिस्ट्रेटर आवश्यक पर्छ ।
 
पुलिस, फायर एन्ड एम्बुलेन्स डिस्प्याचर
स्ट्रेस टोलरेन्स: ९९%
बार्षिक कमाइ: ३९४१० $
आजका दिनमा समेत पुलिस, फायर तथा एम्बुलेन्स डिस्प्याचरको जागिरलाई जोशिलो र तनावपूर्ण दुबै मानिन्छ । तर तनाव यति हुन्छ कि भो कुरै नगर्नुस् ।
 
कस्ट्युम अटेन्डेन्स
स्ट्रेस टोलरेन्स: ९४%
बार्षिक कमाइ: १८०७०० $
फेसन इन्डष्ट्रिजमा कस्ट्युम अटेन्डेन्सको प्रोफाइलिङ ग्ल्यामरस जागिरका रुपमा हेरिन्छ । ग्राहकका लागि उसलाई सुहाउँदो कपडा छान्नु, फिटिङ तथा म्याचिङमा ध्यान दिनु यो जागिरको उद्देश्य हो । ग्राहको चहनासँग जोडिने भएकाले यो जागिर एकमदै तनावपूर्ण छ ।
 
चिफ एक्ज्युकेटिभ
स्ट्रेस टोलरेन्स:  ९४%
बार्षिक कमाइ: १८०७०० $
चिफ एक्ज्युकेटिभको जागिरले सबैलाई आकर्षित गर्छ । तर यो जागिर एकदमै तनावपूर्ण हुन्छ । कम्पनीको सम्पूर्ण भारी काँधमा बोकेर सुत्न गाह्रो हुन्छ ।
 
आर्ट थेरापिस्ट
स्ट्रेस टोलरेन्स:  ९४%
बार्षिक कमाइ: ५९१९० $
आर्ट थेरापिस्टको जागिर एकदमै क्रियटिभ हुन्छ तर यसमा जति इन्नोभेसन हुन्छ उति नै तनाव पनि ।
 
टेलिफोन अपरेटर
स्ट्रेस टोलरेन्स:  ९८%
बार्षिक कमाइ: ३९३५० $
पैसा राम्रै कमाइए पनि टेलिफोन अपरेटरको जागिर तनावपूर्ण हुन्छ । सानी तलमाथि भए हाकिमले खुबै थर्काउँछन् । कल गर्नेले पनि खुबै रेस्पेक्ट खोज्छ । तलमाथि भए झोसपोलसमेत लगाइ दिन्छ ।