चाडपर्वका लागि कोकाकोलाको ‘मन खोलौ कोक’सँग क्याम्पेन,१५ वटा सन्देशसहित नयाँ लेबल प्याकमा

बिजमाण्डू
२०७३ असोज ६ गते १०:०७ | Sep 22, 2016
चाडपर्वका लागि कोकाकोलाको ‘मन खोलौ कोक’सँग क्याम्पेन,१५ वटा सन्देशसहित नयाँ लेबल प्याकमा


काठमाडौं ।कोकाकोलाले चाडपर्वलाई लक्षित गर्दै 'मन खोलौं कोकसँग' क्याम्पेन सुरु गरेको छ । कम्पनीले बुधवार पत्रकार सम्मेलन गरी क्याम्पेन सार्वजनिक गरेको हो ।

कम्पनीले जीवनका १५ वटा महत्वपूर्ण सम्बन्धहरुलाई दर्शाउने  १५ वटा सन्देश सहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ  । उपभोक्ताले आफुले चाहेको प्याक खरीद गरेर सन्देशसहितको उपहार प्रदान गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका कन्ट्री डाइरेक्टर अलोक कोहलीले नेपाली इतिहासमा पहिलो पटक कोकाकोलाले परम्परागत लेबल हटाएको बताए ।

Tata
GBIME
Nepal Life

'दशैं आर्शिवाद थाप्ने तथा एक आपसमा जोडिने महोत्सव हो, कोकाकोला आफ्ना उपभोक्ताहरुलाई साथीहरु तथा परिवारसँग जोडिन सहयोग गर्न चाहन्छ । नेपाली इतिहासमा पहिलो पटक कोकाकोलाले, हाम्रो परम्परागत कोक लेबलहरु यो वर्ष हटाएको छ र हरेक मानिसको जीवनलाई प्रभावित पार्ने विशेष सम्बन्धहरु जस्तै दाइ, बुवा लगायतलाई सम्मानले प्रतिस्थापन गरेको छ, उनले भने, हामी आशा गर्दछौं की विशेष सन्देश भएका कोकाकोला लिनेछन र त्यो आफ्ना प्रियजनहरुलाई प्रदान गर्नेछन् ।' कोहलीले तपार्इ आदरणीय सन्देशसहितको बोतल माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालार्इ हस्तान्तरण गरे।

कार्यक्रममा अभिनेत्री अन्ना शर्माले आफ्नी आमा रचना गुरुङ्ग शर्मालाई आमा धेरे धेरै माया संदेश सहितको उपहार प्याक प्रदान गरिन् । बैंकर रविना देशराज श्रेष्ठले आफ्ना छोरा आयुशमान देशराजलार्इ छोरा तिमी हाम्रो संसार सन्देश सहितको उपहार प्रदान गरिन् । राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले आफ्ना प्रशिक्षक राजु शाक्यलाई तपाईँ सँधै आदरणीय संदेश सहितको प्याक प्रदान गरे ।

गायिक शितल मोक्तानले आफ्नी बहिनी सुवानी मोक्तानलाई ठट्टामा लुकेको माया संदेश सहितको बोतल हाँसो र रमाइलोको बीच प्रदान गरिन् । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती नीलम साह ढकाललाई तिमी र म सँधै सँग–सँगै भन्दै बोतल प्रदान गरेका थिए ।बोटलर्स नेपाल लिमिटेडका निर्देशक श्री पुनित भार्शनेले १५ वटा फरक बोतल ल्याएर परिवार र साथीलार्इ जोड्ने माध्यम बन्न खोजेको बताए।