दुई बर्षका लागि यति बैंकको ब्रान्ड एम्वास्डरमा महेश्वर महर्जन नियुक्त, को हुन् महर्जन?

बिजमाण्डू
२०७३ असोज ६ गते १०:१५ | Sep 22, 2016
दुई बर्षका लागि यति बैंकको ब्रान्ड एम्वास्डरमा महेश्वर महर्जन नियुक्त, को हुन् महर्जन?

Tata
GBIME
Nepal Life

काठमाडौं । यति डेभलपमेन्ट बैंक शारीरिक सुगठनको ५०औं एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई ब्रान्ड एम्वासडर नियुक्त गरेको छ ।

महर्जन दुई बर्षका लागि यति बैंकसँग जोडिने छन् । भुटानमा भएको प्रतियोगितामा ७५ केजी तौल समूहअन्तर्गत महर्जनले १० देशका प्रतिस्पर्धिलाई उछिनेका थिए । खेलाडीको उच्च कदर गर्दै मनोवल बढाउन बैंकले उनलाई ब्रान्ड एम्वास्डर नियुक्त गरेको जनाएको छ ।