बिजी मलले ल्यायो दशैतिहार योजना,टिभिएसको अपाचे बाइकदेखि बैंकक घुमाउनेसम्म योजना

बिजमाण्डू
२०७३ असोज ६ गते १०:२२ | Sep 22, 2016

काठमाडौ । गोगंबुको नयाँ बसपार्क नजिकै सञ्चालनमा आएको बिजी मलले दशैं तिहारलाई लक्षित योजना ल्याएको छ । चाडपर्वमा सहुलियतमा सामान बिक्रीलाई कायम राख्दै १ हजार रुपैयाँभन्दा बढीको सामान खरीदमा विशेष उपहार समेत दिने भएको छ ।

मलका निर्देशक राजु गिरीले चाडपर्वमा सामान खरीद गर्नेलाई विशेष उपहार समेत दिने बताए । उनका अनुसार एक हजार रुपैयाँ भन्दा बढी सामान खरीद गर्नेमध्येबाट एक जनालाई स्मार्टफोन उपहार दिइनेछ । मलले योजना अन्तर्गत  भाग्यशाली एक जनाले दैनिक रुपमा १ हजार रुपैंयाको नगद छुट पाउनेछ । साप्ताहिक रुपमा ३२ ईञ्चको सिजी टेलिभिजन, सिजी वासिंग मेशिन, सिजी ग्यास तथा इलेक्ट्रिक हिटर, सिजी इलेक्ट्रिक ओभन र सिजी साउण्ड बार प्राप्त गर्न सक्नेछन् ।

Tata
GBIME
Nepal Life

गिरीका अनुसार उपहार योजनाको बम्पर उपहारका रुपमा ग्राहकरु मध्येबाट एक एक जनाले टिभिएस अपाचे आरटिआर मोटरसाइकल, टिभिएस जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैंकक ट्रिप जाने अवसर पाउने छन् । यो उपहार योजना कार्तिक २८ गतेसम्म लागु हुने मलले जनाएको छ ।उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाले बताए । ‘सामान खरिद गरेपछि ग्राहकले पाउनेउपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरेका छौं ।’ उनले भने ।