साइन रेसुङ्गा बैंकको २७ प्रतिशत वोनस सेयर प्रस्ताव, चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७३ असोज ६ गते ११:२६ | Sep 22, 2016

काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २७ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ ।

Tata
GBIME
Nepal Life

बैंकको अहिले ८६ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी छ । वोनस सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने छ । बैंकले गत आर्थिक बर्ष २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।