नविलको सहायक कम्पनीले खोज्यो सिइओ, लघुवित्तमा १० बर्षको अनुभव चाहिने, तलव सहमतिमा

बिजमाण्डू
२०७३ असोज ६ गते १२:२८ | Sep 22, 2016
नविलको सहायक कम्पनीले खोज्यो सिइओ,  लघुवित्तमा १० बर्षको अनुभव चाहिने,  तलव सहमतिमा


काठमाडौँ । नाडेप लघुवित्त वित्तिय संस्थाले प्रमुख कार्यकारी अधिकृत खोजी गरेको छ। धादिङमा प्रधान कार्यालय रहेको कम्पनीले सिइओलाई चार बर्षका लागि नियुक्ती दिने र सहमतिका आधारमा तलव तय गर्ने जनाएको छ। 
 
अर्थशास्त्र, बाणीज्यशास्त्र, तथ्याङ्कशास्त्र, कृषि, कानुन लगायत विषयमा स्नातकोत्तर उपाधी हासिल गरि लघुवित्त क्षेत्रमा १० बर्षको अनुभव हुनेले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वित्तिय संस्थाको उच्च व्यवस्थापनमा पाँच बर्ष अनुभव हुनेले पनि आवेदन गर्न सक्नेछन्।
 
आवेदकले संस्था चलाउने आफ्नो भिजन र मिसन सहित  दुई साता भित्र कम्पनीको सञ्चालक समिति समक्ष निवेदन दिनु पर्नेछ। आवेदकको उमेर ३५ देखि ६० बर्ष बीच हुनुपर्ने तोकिएको छ। 
 
नाडेप लघुवित्तमा नविल बैंक मुख्य प्रवर्धकको रुपमा रहेको छ। त्यस बाहेक डिप्रोस नेपाल  र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीले नाडेपमा लगानी गरेका छन्। कम्पनी २०७२ जेठमा सञ्चालनमा आएको हो।   
 

Tata
GBIME
Nepal Life