नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र परीक्षण भएको हिमालयन बाइक आयो,मूल्य ५ लाख ६१ हजार

बिजमाण्डू
२०७३ असोज ६ गते १४:०६ | Sep 22, 2016
नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र परीक्षण भएको हिमालयन बाइक आयो,मूल्य ५ लाख ६१ हजार


काठमाडौं। नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र परीक्षणपछि उत्पादन भएको रोयल इन्फिल्डको हिमालयन बाइकको नेपालमा बिक्री सुरु भएको छ।

भारतको रोयल इन्फिल्डले बाइक उत्पादन अघि नेपाल र भारतको हिमाली क्षेत्रमा यसको इन्जिनको परीक्षणपछि व्यवसायिक रुपमा उत्पादन सुरु गरेको थियो।बाइकको हिमालयन रोयल इन्फिल्डका प्रोजेक्ट लिडर प्रदीप म्याथु र एमभी दुगड समूहका  मोतिलाल दुगडले सार्वजनिक गरे।कार्यक्रममा दुगडले नेपाली नाम र नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र इन्जिन टेष्ट गरिएका कारण नेपाली अफरोड बाइक राइडर र नेपाली पर्यटन क्षेत्रले रुचाउने बताए।

रोयल इन्फिल्डका सेल्स सर्भिस र स्पेयर्स प्रमुख शाजी कोशीले ६० बर्षको अथक मेहनतका साथ 'हिमालयन' सम्भव भएको बताए। उनले यो मोडेलका बाइक हिमाली क्षेत्रमा उपयुक्त हुने बताए।'कम्पनीले केही बर्ष अगाडिदेखि भारत र नेपालको हिमाली क्षेत्रमा यसको अनुसन्धान र इन्जिन टेष्ट गरी यसलाई नेपालमा उत्कृष्ट बनाउनका लागि भौगोलिक अवलोकन गरेको जनाएको छ,' कोशीले भने।\

Tata
GBIME
Nepal Life

विश्वमा सवैभन्दा धेरै वाइक उत्पादन गर्ने दाबी गर्ने कम्पनी रोयल इन्फिल्डले नेपाली माटो सुहाउँदो मोटरसाइकल सार्वजनिक गरेको हो। । रोयल इन्फिल्डको यो बाइक शक्तिशाली र आरामदायी रहेको दाबी कम्पनीको छ। हिमालयनको डिजाइन रोयल इन्फिल्डकै अघिल्ला मोडल थन्डरबर्ड र कन्टिनेन्टल जीटीबाट प्रेरित भएको कम्पनीले जनाएको छ ।एलएस चारसय १० शक्तिशाली इन्जिन भएको यो बाइक साहसिक पर्यटनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

 के छन् विशेषता
हिमालयन दुई रंग ग्रेनाइड र स्नोमा उपलब्ध छ । अफ रोडमा एडभेन्चर बाइक चलाउनेका लागि बाइक आकर्षक छ ।बाइकलार्इ आरामदायी बनाउन दुईवटा सस्पेन्सन प्रयोग गरिएको छ ।

चार सय ११ सीसी क्षमताको फोर स्ट्रोक सिंगल सिलिन्डर भएको यो बाइकमा एयर कुलिङ सिस्टम छ। अधिकतम २४ दशमलव ५ विपिएच क्षमताको यो बाइकमा पाँच स्पिड म्यानुअल गियर र इलेक्ट्रिक स्टार्ट छ।लामो यात्रा गर्नेका लागि सहयोगका लागि मोनोसक च्यासिस सस्पेन्सन छ। २ सय २० मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले यसलाई अफरोडका लागि उपयुक्त बनाएको छ ।

यसमा १५ लिटर इन्धन अट्ने ट्यांकी छ। भारतमा एक लिटर पेट्रोलले ४५ किमी सम्म माइलेज दिएको 'हिमालयन'ले नेपालमा भने प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।