सेयर बजार सातैभरी ओरालो, बिहीबार दोहोरो अंकले झर्यो, तीन कम्पनीले छापे पैसा

बिजमाण्डू
२०७३ असोज ६ गते १५:१७ | Sep 22, 2016
काठमाडौं । साताभरी नै सेयर बजार ओरालो लागेको छ । बजार निरन्तर घटेपछि लगानीकर्ताहरु केही आत्तिएका जस्ता देखिन्छन् । बजारमा किन्ने भन्दा बेच्नेहरु बढि देखिएका छन् ।

Tata
GBIME
Nepal Life

साताको अन्तिम कारोबार दिनसमेत बजार घटेको छ । बजार दोहोरो अंकले झरेको छ भने कारोबार रकम पनि अर्ब तल आउको छ । दिनभरीमा बजार १२ अंकले झरेको हो । कारोबार ९० करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकिङ क्षेत्रले सहयोग नगर्दा बजार ओरालो लागेको हो । बाणिज्य बैंक समूह १९.६३ अंकले झरेको छ । विकास बैंक साढे नौं र फाइनान्स १ अंक झरेको छ । यसवाहेक उत्पादनमूलक समूह ६७ अंकले ओर्लिएको छ ।

बजार घट्दासमेत एभरेष्ट बैंकको कन्भर्टेवल पिफरेन्स सेयर र युनाइटेड फाइनान्सको सेयर मूल्य भने १० प्रतिशत हाराहारी बढेको छ । वेष्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि पैसा छापेका छन् । वढि गुमाउनेमा किसान माइक्रोफाइनान्स, नेरुडे लघुवित्त विकास र फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ता छन् ।