नबिल इक्विटी फन्डको बिक्री बन्द, ८५ करोडको निस्कासनमा बुधबारै पुगेको थियो साढे २ अर्बको आवेदन

बिजमाण्डू
२०७३ असोज ६ गते १९:२१ | Sep 22, 2016
नबिल इक्विटी फन्डको बिक्री बन्द, ८५ करोडको निस्कासनमा बुधबारै पुगेको थियो साढे २ अर्बको आवेदन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ल्याएको दोस्रो म्युचअल फन्डको बिक्री बिहिबार बन्द गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले प्रति इकाइ १० रुपैयाँ दरका आठ करोड ५० लाख वटा इकाइ बिक्रीका लागि खुला गरेको थियो। कुल ८५ करोडको निस्कासनमा बुधबार सम्म दुई अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको थियो।



 
बिहिबार अवेर सम्म पनि जानकारी आउने क्रम जारी रहेको हुँदा कुल कति आवेदन पर्यो भन्ने टुङ्गो शुक्रबार बिहान मात्र लाग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए। 


 

असोज दुईमा चार दिनका लागि इक्विटी फन्डमा आवेदन खुला गरिएको थियो। दिनहुँ आवेदनका लागि संकलन केन्द्रहरुमा सर्वसाधारणको लाइन लागेको थियो। बिहिबार सबै ठाउँमा अघिल्ला तीन दिन भन्दा लामो लाइन थियो।


 

नविलले पहिलो म्युचियल फन्डको रुपमा नबिल ब्यालेन्स फन्ड-१ ल्याएको थियो। कम्पनीका दुबै म्युचियल फन्डको कोष प्रवर्धक नविल बैंक रहेको छ।