ग्लोबल आइएमईले कैलालीमा सुरु गर्यो दुई वटा शाखा रहित बैंकिङ सेवा, शाखा रहित सेवा ४४ पुग्यो

बिजमाण्डू
२०७३ असोज ६ गते २२:०४ | Sep 22, 2016
ग्लोबल आइएमईले कैलालीमा सुरु गर्यो दुई वटा शाखा रहित बैंकिङ सेवा, शाखा रहित सेवा ४४ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप दुई वटा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । कैलाली जिल्लाको ओलानी गाविस  वडा नं ६ गोदावरी र सोल्टा गाविस वडा नं. ७ सुगारखालमा शाखा रहित बैंकिङ्ग सेवा सुरु सेवा सुरु गरेको हो । 
 
यी दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे । 
 

बैंकका शाखा निकै टाढा भएका स्थानमा सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यले शाखारहित बैंकिङ सुरु गरिएको हो । 
 
बैंकले ओलानीमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविन बहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानीय हिरा देवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । 
 
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा छन् । 
 

Tata
GBIME
Nepal Life