एक्साइड व्याट्रीको डिलर मिट सम्पन्न, देशभरका डिलरहरु काठमाडौंमा भेला, उत्कृष्टलाई पुरस्कार

बिजमाण्डू
२०७३ असोज ६ गते २२:२३ | Sep 22, 2016
एक्साइड व्याट्रीको डिलर मिट सम्पन्न, देशभरका डिलरहरु काठमाडौंमा भेला, उत्कृष्टलाई पुरस्कार
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको एक्साइड डिभिजनले डिलरमिट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशभरका डिलरहरुलाई एकै ठाउँ भेला गराएर विभिन्न कार्यक्रम सम्पन्न गरको जनाइएको छ । 
 

उक्त कार्यक्रममा एक्साइड ब्याट्री धेरै बिक्री गर्ने डिलरलाई बिधा अनुसार पुरस्कृत गरिएको जानकारी पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अटोमोटिभ, इन्र्भटर र माटरसाईकल बिधामा प्लाटिनम, गोल्ड र सिल्भर अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
 
कार्यक्रममा एक्साइड व्याट्रीसँग १६ बर्ष देखि सहकार्य गर्दै आएको अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मान पत्र वितरण गरियो । सो कार्यक्रम अत्याधिक रुपमा सफल भएको एक्साईड डिभिजनका संचालन महाप्रबन्धक सुरेश कुमार तिवारीले बताए ।
 

Tata
GBIME
Nepal Life