दशैका लागि सुरु भएको अग्रिम बुकिङमा यस्तो भीड, टिकट लिन बेलुकैदेेखि पार्कमा बास

बिजमाण्डू
२०७३ असोज ७ गते १०:५२ | Sep 23, 2016
दशैका लागि सुरु भएको अग्रिम बुकिङमा यस्तो भीड, टिकट लिन बेलुकैदेेखि पार्कमा बास

Tata
GBIME
Nepal Life

काठमाडौं । दसैका लागि अग्रिम टिकट लिन सोबिता राणा बेलुकै गोगबुस्थित नयाँ बसपार्कमा पुगिन्। गत वर्ष सहज रुपमा यात्रा गर्न नपाएपछि उनी आफ्नो श्रीमानसहित बसपार्कमा बेलुकै पुगेकी थिर्इन्। रातभर जाग्राम बसेर राणाले विहान ९ बजे टिकट हात पारिन्।

'दसैमा सहज रुपमा घर फर्किन बेलुकै बसपार्कमा आएका थियौ। पश्चिममा गाडी कम भएकोले टिकट पाउन कठिन भएकोले पनि म श्रीमानसहित आएर बसेको हुँ,राणाले भनिन्, परिवारसहित जानुपर्ने भएकोले समेत टिकट लिएर ढुक्क हुन खोजेका हौ।'शुक्रबारदेखि उपत्यकाका १२ वटा स्थानमा दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु गरेपछि टिकट लिन सखारै बसपार्कमा पुग्नेहरु लाइनमा बसिसकेका थिए।

बिहान ६ बजेबाट बुकिङ खुलेपछि नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेहरुको लामो लाइन लागेको छ । त्यस्तै दाङका रवि खड्का विहान सात बजेदेखि लाइन बसेका थिए। उनी पुग्दा काउन्टरमा करिब सय जना लाइनमा थिए।खड्का स्टोयर्स इञ्जिनियरिङ कम्पनीमा इञ्जिनियर छन् । उनले भने,'१४ गतेदेखि छुट्टी हुने भएकाले १५/१६ गतेका लागि अग्रिम टिकट लिन आएको हुँ।'

किर्तिपुरमा डेरा गरेर बसेका नेत्र साउँद १९ गतेका लागि नेपालगञ्जको टिकट लिन चार बजेदेखि  लाइनमा बसेको बताए । उनी आउँदा पचास जना लाइनमा बसिसकेका थिए।  साढे सात बजे पुगेका सुनिल आचार्य एक सय जना पछाडी परिसकेका थिए। साढे सात बजे पुग्दा सजिलै टिकट पाउने आशामा पुगेका आचार्य निराश थिए।नयाँ बसपार्कमा अग्रिम टिकटको लागि दस वटा टिकट काउण्टर संचालनमा छन्। बिहान ६ बजेदेखि १० बजेसम्म काउन्टर खुल्नेछ भने फेरी दिउँसो एक बजे देखि चार बजेसम्म टिकट काउन्टर खुल्ला हुनेछ ।

पश्चिम जानेको भीड
पूर्वको तुलनामा पश्चिम जाने बसका टिकट काउन्टरमा बढी भीड देखिन्थ्यो। सात बजेसम्म धनगढीका टिकट काउन्टरमा झन्डै तीन सय लाइनमा लागिसकेका थिए।

काठमाडौं-बर्दिबास-झापा क्षेत्रका टिकट काउन्टरमा चहलपहल कम छ। अखिल नेपाल यातायात व्यवसायी संघका शाखा प्रमुख गगन श्रेष्ठले धेरै सवारी साधन चल्ने भएकोले यात्रुको चाप कम भएको बताउँदै नयाँ रुटमा माइक्रोबस चलेकोले चाप कम भएको बताए। उनले भने, 'काठमाडौंदेखि बर्दिबाससम्मको लागि छुट्टै माइक्रो लाग्छ । यही माइक्रोबसका कारण पूर्वका गाडी पाउन त्यती सास्ती पर्दैन ।'