गभर्नर भन्छन्; बैंकका कर्मचारी अपग्रेड भएनन्, वित्तिय संस्थाको संख्या बढे पनि जनतामा सेवा पुगेन

बिजमाण्डू
२०७३ असोज ७ गते १२:२३ | Sep 23, 2016
गभर्नर भन्छन्; बैंकका कर्मचारी अपग्रेड भएनन्, वित्तिय संस्थाको संख्या बढे पनि जनतामा सेवा पुगेन


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले बित्तिय क्षेत्रको संवेदनशीलता धान्ने गरि कर्मचारी अपग्रेड हुन नसकेका बताएका छन्।
बैंकिङ क्षेत्रको प्रभावकारीता र जोखिम न्युनिकरणका लागि जनशक्ति विकासमा लगानी बढाउनु पर्ने उनले बताएका हुन्।

Tata
GBIME
Nepal Life

काठमाडौँमा शुक्रबार सुरु भएको एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट (अपावी)  को अन्तर्राष्ट्रिय संम्मेलनमा गभर्नर नेपालले भने, ' पछिल्लो २५ बर्षमा बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ तर जनशक्तिको विकासमा लगानी नगर्ने हो भने वित्तिय क्षेत्रको दिगो विकास सम्भव छैन।'

त्यहि अभावलाई सम्बोधन गर्ने गरि चालु आर्थिक बर्षको मौद्रिक नीतिमा कुल कर्मचारीक खर्चको तीन प्रतिशत तालिम र क्षमता अभिबृद्धका लागि खर्चनै पर्ने ब्यवस्था गरेको उनले जानकारी दिए। यसले केहि सकारात्मक परिणाम आशा उनले ब्यक्त गरे।

गभर्नर नेपालले वित्तिय संस्थाको संख्या विस्तार भए अनुपातमा सेवा र समावेशीता बढ्न नसकेकोमा समेत गुनासो गरे। 'वित्तिय संस्थाको संख्यात्मक विकास धेरै भइ सकेको छ' उनले भने 'अब पहुँच र समावेशीता बढाउने तर्फ लाग्नु पर्छ।' 

अपावीमा १७ देशका वित्तिय क्षेत्रका कर्मचारीलाई तालिम दिने संस्था सहभागि रहेका छन्। दुई बर्षका लागि अपावीको अध्यक्षता नेपाल बैंकिङ इन्ष्टिच्युटले गरेको छ। कार्यक्रममा एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ज्ञान आदान प्रादन र सञ्जाल विस्तारका लागि अपावीको सम्मेलन काठमाडौँमा आयोजना गरेको बताए।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले शिक्षा र तालिमले बैंकिङ क्षेत्रलाई सबल बनाउन मद्दत गर्ने हुँदा यसप्रतिको चासो पछिल्लो समय बढेको बताए।